कालबन्दै साईकल यात्रा

कञ्चनपुर : प्रायजसो साईकल दुर्घटनाबाट मानिस मृत्युका घटना बिरलै हुन्छन । तर, कञ्चनपुरमा एक साताको अवधिमा साईकलबाट तीन मानिसले ज्यान गुमाएका छन । ९ साउन पुनर्वास नगरपालिका ४ कार्गिलडाँडामा ५० बर्षिया युवक झर सिह ठकुरीको मृत्यु भयो । साईकलबाट लडेर बेहोस भएका ठकुरीको घटना स्थलमै मृत्यु भएको थियो । ठकुरीको साईकलबाट लडेर मृत्यु भएको घटना सेलाउन नपाउँदै शुक्लाफाँटा नगरपालिका ५ गर्जमुनी अर्का युवकको मृत्यु भएको छ । १३ साउनमा गर्जमुनीका ४० बर्षिया खडक साउद पनि साईकलबाट लडेर मृत्यु भएको छ । साईकलबाट लडेर घाईते भएका साउदको थप उपचारका लागि भारतीय अस्पताल लैजाने क्रममा १४ साउनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठकुरी र साउदको साईकलबाट लडेर मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरी साईकल यात्री भीमदत्त नगरकी एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत भीमदत्त नगरपालिका ४भाँसी क्षेत्रमा पुर्वबाट आएको म१त १०१७ नम्बरको टेक्टरले भीनपा ६ सुकासालकी ३५ बर्षिया साईकल यात्री पार्वती भट्टको मृत्यु भएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश राज जोशीले टेक्टरले ठक्कर दिदा घाईते साईकल यात्री भट्टको उपचारका लागि महाकाली अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । चालक समिर कुमार सिह र टेक्टर नियन्त्रणमा छन । साईकल यात्रु आफै र अरुले ठक्कर दिदा पनि ज्यान गुमाउन थालेका छन ।

कञ्चनपुर प्रहरीले पैदल, साईकल, मोटरसाईकलदेखि साना ठुला सबै प्रकृतिका यात्रु, चालकलाई सचेत भएर यात्रा गर्न अनुरोध गरेको छ । भाँसी क्षेत्र उक्त घटना स्थलमा कल्र्भट साँघुरोले दुर्घटना निम्तिरहेका छन । कल्र्भट क्षेत्रको पुर्वपश्चिम सडक चौडा भएपनि सो स्थानमा कल्र्भटले साँधुरो भएकाले दुर्घटना निम्तिरहेको भन्दै स्थानीयले सरोकारवालाले ध्यान दिनुपर्नेमा जोडदिएका छन । सुरक्षित मानिएको साईकल यात्रा पनि काल बन्दै गएपछि साईलकल चालक र यात्रु पनि त्रसित भएका छन ।

ताजा समाचार