लिबर्टि माइक्रोलाइफ इन्स्योरेन्सले नेपालगञ्ज उपमहानगपालिकामा बिमा जागरण कार्यक्रम


कञ्चनपुर : लिबर्टि माइक्रोलाइफ इन्स्योरेन्सले नेपालगञ्ज उपमहानगपालिकामा बिमा जागरण कार्यक्रम संञ्चानल गरेको छ । जिल्ला सहकारी संघ बाँके संगको सहकार्यमा सहकारी संस्थाका पदाधिकारीहरुलाई लधु विमाको अवधारण, विमाको फाईदा र लधुविमाले सहकारी संस्थाका सदस्यहरुको विमा सुरक्षण प्रकृया बारे जाकारी गराईएको थियो ।

जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी को अध्यक्षतामा संञ्चालन गरेको कार्य क्रममा बाँके जिल्लाका ७० सहकारीका १३२ जनाको सहभागिता रहको थियो । उक्त कार्यक्रलाई लिबर्टि माइक्रोलाइफ इन्स्योरेन्स सुदुरपश्चिम प्रदेश प्रमुख भिम राज अवस्थी र नेपालगञ्ज शाखाका प्रवन्धक दिपा विनाडीले सहजिकरण गर्नु भएको थियो ।

लिबर्टि माइक्रोलाइफ इन्स्योरेन्सले सहकारी संस्थाका लागि उपयुक्त हुने गरी सम्बृद्ध कवच, सामुहिक म्यादी जीवन विमा, ग्रामिण म्यादी जीवन विमा सम्बृद्ध भविस्य र सुरक्षित बाल भविस्य जिवन बिमा बजारमा जारी गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img