भारत जान हिडेका किशोर, किशोरीलाई सिमा क्षेत्रबाट उद्धार

दोधारा । माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रबाट एक किशोर, किशोरीको उद्धार गरिएको छ् । नवल परासी, नारायणी, नगरपालिका बस्ने एक १८ वर्ष एक किशोरी र भारत बस्दै आएका अन्ताजी वर्ष १८ का एक किशोरलाई भारत जान लागेको अवस्थामा दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल (नेपाल–भारत सिमा क्षेत्रमा) सशस्त्र प्रहरी बल फोरवार्ड बेस क्याम्प बडुवाल टोलका ईन्चार्ज धन बहादुर चन्दको टोलीले रोकेको थियो । उनिहरुलाई भारत जान लागेको अवस्था सिमा क्षेत्रमा सोधपुछको क्रममा रोकेको सशस्त्र प्रहरी बल फोरवार्ड बेस क्याम्प बडुवाल टोलले जनाएको छ् ।

भारत जान लागेको किशोर र किशोरीलाई सशस्त्र प्रहरीले रोकेर माईती नेपाललाई जिम्मा लगाएको हो । भारत जान हिडेका किशोरी र किशोरलाई दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रबाट दुबैलाई उद्धार गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

उद्धार गरिएको किशोरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाईएको छ् भने किशोरीलाई माईती नेपाल कञ्चनपुरको संरक्षणमा छिन् । भारत जान भनी हिडेका बेला बेचबिखनको जोखिममा पर्न सक्ने भएको हुदा सीमा क्षेत्रबाट उद्धार गरिएको माइती नेपालका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

ताजा समाचार