महिलाहरुको हक अधिकारको पैरवी गर्दै आई रहेको संजीवनी अब वातावरण सुरक्षामा पनि


कञ्चनपुर : महिलाहरुको हक अधिकार र उनीहरुको सुरक्षाकोलागि पैरवी गर्दै आएको संजीवनी नेपालले महिला हक अधिकार सहित वातावरण सरसफाई सम्बन्धी कार्यक्रम ल्याएको छ । साही कार्यक्रम अन्तर्गत संजीवनी नेपालले भीनपाका १९ वटै वडामा भीनपा सँग समन्वय गरि विभिन्न जातजातिका वृक्षा रोपण गर्ने भएको छ ।

१ वडामा ३० देखि ३५ जना सम्म महिला सञ्जाल बनाई १९ वटै वडामा करिब १८५ जनाको सञ्जाल बनाईको संञ्जीवनी नेपालकी कार्यकारी निर्दशक नितु भण्डारीले बताउनु भयो । सोही सञ्जालको माध्यमबाट भीनपामा रहेका महिला संरक्षण र वातावरण परिवर्तन सम्बन्धी रोकथामकोलागि अघी बढने अध्यक्ष भट्टले बताउनु भयो ।

आज (मंगलबार) भीनपा – २ को वडामा करिब ५० वडा वृक्षारोपण गरीने छ भने दैनिक एक वडामा वृक्ष रोपण गरी भाद्र महिना भरिमा १९ वटै वडामा वृक्ष रोपण गरिने कार्यकारी निर्दशक भट्टले जानकारी दिनु भयो । संजीवनी नेपालले डिसिएको सहयोगमा उक्त कार्यक्रमहरु गर्ने भएको छ ।
संजीवनी असार २२ गते देखि २४ गते सम्म परेको अविरल वर्षाका कारण विपद्मा परेका परिवारलाई राहत पनि दिदैं आइरहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img