कञ्चनपुरमा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले भन्सार राजस्व बृद्धि, तर लक्ष्य भेटिएन


कञ्चनपुर : विगत तीन बर्षको तुलनामा कञ्चनपुरमा भन्सार राजस्व बृद्धि भएको छ । अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा २० प्रतिशतले भन्सार राजस्व बृद्धि भएको हो । गत आर्थिक बर्ष ०८०/०८१ मा ९१.१५ प्रतिशत राजस्व संकलन भएको भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा ५९ करोड, ६९ लाख, ७ हजार राजस्व संकलनको लक्ष्य भएपनि ५४ करोड, ४१लाख, ७९ हजार राजस्व संकलन भएको छ । गत आर्थिक बर्षमा लक्ष्य भन्दा झण्डै ९ प्रतिशतले कम राजस्व संकलन भएपनि अधिल्ला दुई बर्षको तुलनामा भन्सार राजस्व बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्ष ०७९/ ०८० मा ५८ करोड, ९६ लाख, ४८ हजार राजस्व संकलन लक्ष्य भएपनि ४२ करोड, ९९ लाख, ९ हजार मात्रै अर्थात ७१.४० प्रतिशत राजस्व संकलन भएको थियो । त्यस अघिको आर्थिक बर्ष ०७८/०७९ मा ५२ करोड, ७७ लाख, ६० हजार लक्ष्यमा ४६ करोड, २२ लाख, ४३ हजार राजस्व संकलन भएको छ । उक्त बर्ष ८८ प्रतिशत राजस्व संकलन भएको छ । विगत तीन बर्षको तुलनामा गत आर्थिक बर्षमा मात्रै सबैभन्दा बढि राजस्व संकलन भएको छ । गत आर्थिक बर्ष ०८०/०८१ मा अधिल्ला दुई बर्षको तुलनामा आव ०७८÷०७९ मा ३ र ०७९/०८० मा २० प्रतिशत राजस्व बृद्धि भएको छ । गत आर्थिक बर्ष भदौँ र असोजमा लक्ष्य भन्दा बढि राजस्व संकलन भएको छ ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत एव सुचना अधिकारी तेज बहादुर रावलले स्वयम भन्सार कार्यालयको सकृयता, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितका सुरक्षा निकायको सकृयताले भन्सार राजस्व बृद्धि भएको बताए । ‘यो खुला सीमा जिल्ला हो, यहाँ भन्सार तिरेर समान ल्याउनुपर्छ भन्ने कमै छ, चोरी तस्करी गरेर ल्याउन खोज्छन, ‘उनले भने, ‘हामीले पनि कडाई ग¥यो, साथसाथै सशस्त्र , प्रहरीले समेत तस्करी तस्करी नियन्त्रणमा शसक्त भूमिका निर्वाह गर्दा भन्सार राजस्व बृद्धि भएको हो ।’ जिल्लाभरीका खुला नाकाहरुमा कडाई तथा भन्सारचोरी छली बिरुद्धमा प्रहरी र सशस्त्र प्रहरीको सकृयताले केही आफै भन्सार काट्न आए प्रहरीबाट बरामद भएको समान समेत भन्सार राजस्वमा समावेस भएको बताए । सुचना अधिकारी रावलले भन्सार विभागले अन्दाजका भरमा लक्ष्य तोकिदिने भएकाले कहिलेकाली लक्ष्य भेटाउन समस्या हुने गरेको उनको भनाई छ । विगतका बर्षहरुमा भन्सारकै कर्मचारी, सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकृत एव कर्मचारीसंग तस्कर समुहको साँठगाँठ एव सेटिङ्ग हुने गर्दा भन्सार चोरीछली, राजस्व चुहावट बृद्धि नहुने गरेको जानकारहरुको भनाई छ । अहिले भन्सारदेखि सशस्त्र प्रहरी, प्रहरीले भन्सार चोरीछली तस्करी बिरुद्धमा कडाई गरेपछि भन्सार राजस्व बृद्धिदेखि दण्डहिनता न्यूनिकरण भएको स्थानीयको आभार गर्न लागेका छन । सरकोरवाला निकायले अहिले भन्सार राजस्व छोरीछली बिरुद्धमा देखाएको सकृयता निरन्तरतामा जोडदिनुपर्ने नागरिकको सुझाव छ ।

भन्सार कार्यालयको तथ्याङ्क अनुसार लत्ता कपडा, महिला तथा किशोरीका कपडा, खेलकुद समाग्री, ईलेक्ट्रोनिक समाग्री हार्डवेयरका समान, चिनी, घरसायी समाग्री, फलफुल तरकारी लगायतका समाग्री आयात भएका र जटिबुडी, हस्तकलाका बस्तु तथा सेवा निर्यात हुने र दैनिक उपभोग्यका बस्तु तथा सेवा आयात हुने गरेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले उद्योगधन्दा कलकारखाना संचालन हुन नसक्दा उद्योगी व्यवसायीले कच्चा पदार्थ आयात र उत्पादित बस्तु तथा सेवा निर्यात गर्न नपाएपछि भन्सार राजस्व लक्ष्य भेटाउन नसकेको बताए । ‘स्वदेशमा आन्तरिक आर्थिक कारोबार बृद्धि भएपछि स्वत भन्सार लक्ष्यपनि पुग्छ, ‘अध्यक्ष जोशीले ‘त्यसका लागि राज्यले समेत उद्योगी, व्यवसायीका हकहित क्षेत्रमा प्रर्बद्धनात्मक कार्यक्तम ल्याउनुपर्छ ।’


Loading Viewer...

ताजा समाचार

spot_img