कञ्चनपुर होटल व्यवसायी संघ अध्यक्षमा रेग्मी


महेन्द्रनगर : कञ्चनपुर होटल व्यवसायी संघको अध्यक्षमा रामचन्द्र रेग्मी चयन भएका छन । शनिबार महेन्द्रनगरको होटल ओपेरामा सम्पन्न भएको होटल व्यवसायी संघ कञ्चनपुरको २७औँ बार्षिका साधारण सभा तथा १६औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी रेग्मी सर्वसम्मत चयन भएका हुन ।

अहिले बरिष्ठ उपाध्यक्षको टुङगो भने लागेको छैन । प्रशासन उपाध्यक्ष आत्माराम खनाल, पर्यटन उपाध्यक्ष कैलास कार्की, महासचिव नवराज जोशी, सचिव डम्बर बहादुर खडका, कोषाध्यक्ष शिव भण्डारी, सहकोषाध्यक्ष नैनसिह बोहरा, सदस्य तर्फ मुक्तिमाया श्रेष्ठ, कृष्ण राना, धन ब. रावत, गौरब भट्ट, सञ्जय कुमार भट्ट, रमेश बहादुर रावत, तपेन्द्र कुमार रोकाया रहेका छन ।

होटल व्यवसायी संघ कञ्चनपुरको जिम्मेबारी पाएका अध्यक्ष रामचन्द्र रेग्मीले समग्र जिल्लाभरीको होटल व्यवसायीको समस्या केलाउँदै समाधान गर्दै होटल व्यवसायीको बृद्धि विकास एव व्यवसाय सम्मानित बनाउने बताए । होटल र पर्यटन क्षेत्र समेत जिल्लाको बृद्धि विकासको मेरुदण्ड भएकाले स्तरिय सेवा प्रवाह गर्दै जिल्लाको पहिचान गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img