प्रधानाध्यापक स्व.धर्मानन्द शर्माको पुर्णकद शालिक सहितको पार्क निर्माण हुने


कञ्चनपुर : महेन्द्रनगर मा.वि.का भूतपूर्व एवं संस्थापक प्रधानाध्यापक स्व.धर्मानन्द शर्माको पुर्णकद शालिक सहितको पार्क निर्माण हुने भएको छ । गुरुपूर्णिमाको अवसर पारेर गुरुहरुको सम्मानमा उक्त शालिक निर्माण हुन लागेको हो ।

२०३३ सालमा स्थापित विद्यालयका संस्थापक प्रधानाध्यापक स्व.धर्मानन्द शर्मा थिए । प्रारम्भमा विद्यालय कक्षा ४ देखि १० सम्म सञ्चालन भएको थियो तर शिक्षा नियमावली अनुसार प्राथमिक तह ५ कक्षा सम्म भए पछि कक्षा ६ देखि १० सम्म विद्यालय सञ्चालनमा रहयो । महेन्द्रनगर माध्यमिक विद्यालयले आफनो ४८ वर्षको यात्रामा चार पटक विरेन्द्र विद्या शिल्ड (वि.सं. २०४०, २०४५, २०४६, २०५९) प्राप्त गरेको छ । प्रधानाध्यापक स्व. शर्मा हुदाँ देखि नै महेन्द्रनगर माध्यमिक विद्यालय शिक्षाको क्षेत्रमा निकै अब्बल थियो भने विद्यार्थीहरुमा अनुशासन । विद्यालयको शुरुवाती दिन देखि नै कञ्चनपुरको सरकारी विद्यालयहरुमा सबै भन्दा उत्कृष्ट विद्यालय महेन्द्रनगर माध्यमिक विद्यालय रहेकोमा अहिले पनि उत्तिकै उत्कृष्ट रहेको छ । उनै प्रधनाध्यापक स्व.धर्मानन्द शर्माको सम्झनामा विद्यालय प्राङ्गणमा उनेको पुर्णकद सहितको शालिक निर्माण हुन लागेको हो ।

महेन्द्रनगर मा.वि.स्कूलको प्राङ्गणमा निर्माण हुने शालिकको ईष्टमेट समेत तयार भई लागत खर्च करीब रु.आठ लाख सम्म लाग्ने भएको छ । भूतपूर्व विद्यार्थी समाजले गुरु पुर्णिमाको अवसर पारेर उक्त शालिक निर्माण गर्ने निर्णय गरेको हो जसका लागि अहिले देश विदेशमा रहेका भुतपुर्व विद्यार्थी तथा चन्दादाताहरुलाई सहयोगको लागि अपिल गर्नुको साथै चन्दा संकलन गर्ने कार्य भैंरहेको छ । आर्थिक सहयोग गर्न चाहने महानुभावहरुले महालक्ष्मी विकास बैंकको क्यूआर कोडमा अथवा भूतपुर्व विद्यार्थी समाज महेन्द्रनगरका पदाधिकारीहरु सँग सम्पर्क गरि जम्मा गर्ने सकिने छ ।

पदाधिकारीहरुमा अध्यक्ष सुनिल ओझा, उपाध्यक्ष दिपेन्द्र भण्डारी, महासचिव शक्ति पन्त विष्ट, सचिव माधव प्रसाद भट्ट, कोषाध्यक्ष जय बहादुर महरा, सदस्य, डा.पदमा भण्डारी, टेक बहादुर चन्द, विशन देव जोशी, पुष्पमणी जोशी, जयन्ती थापा, पुष्पा जोशी, केशव दत्त भट्ट र राजेन्द्र बहादुर चन्द रहेका छन् । आर्थिक सहयोग गर्ने चन्दादाताहरुको नाम अभिलेख पुस्तिका तथा शिलालेखमा लेखि प्रमाणपत्र सहित सम्मान गरिने भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष सुनिल ओझाले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img