गहताडी खोला गाँउमा उर्लिएपछि ब्रम्हदेब बजार डुवान


कञ्चनपुर : नपत्याउने खोलाले कहिलेकाही बगाउँछ, भन्ने कथन अहिले कञ्चनपुरको ब्रम्हदेबमा पुष्टी भएको छ । जिल्लाको उत्तरी चुरे चुरे भएर बग्ने गहताडी खोला गाँउमा उल्टिएको छ । गयरातीदेखि चुरेदेखि पहाडमा परेको भिषण बर्षासंगै गहताडी खोलामा आएको वाढीले ब्रम्हदेब बजार सहितका आसपासका गाँउबस्ती डुवानमा परेका छन । भीमदत्त नगरपालिका ९ का वडा सदस्य एव ब्रम्हदेबका स्थानीय नारायण सिह महताले गहताडी खोलाको सतह बृद्धि भएर ब्रम्हदेब गाँउमा आएको गाँउमा आएको वाढी बजारमा पुगेको बताए । ‘अरुबेला यसरी सित्तैमा खोलाको सतह बृद्धि हुँदैन्थ्यो, ‘उनले भने, ‘यस पटक खोलाको वहाव बढेर गाँउमा उल्टिएको छ ।’

ब्रम्हदेब सीमावर्ती बजारमा ३सय पसल डुवानमा परेर व्यवसायीको लाखौँको समान भिजेर नष्ट भएको उनले बताए ।गहताडी खोलाको डुवानले ब्रम्हदेब बजार सहित आसपासका गाँउबस्ती, खल्लामछेट्टीमा समेत डुवान भएको छ । ब्रम्हदेब र खल्लामछेट्टीको विच भएर महाकालीमा मिसिने गहताडी खोला एक्कासी उर्लिएपछि खेतीयोग्य जमिन कटान, गाँउबस्ती बजार डुवानमा परेको छ । यस्तै भाँसी खोलाले भीमदत्त नगरपालिका २ जनज्योतीटोलदेखि भण्डारी टोलहुँदै निम्बुखेडासम्म तटिय क्षेत्रका स्थानीयका घर डुवानमा परेका छन । भीमदत्त नगरपालिका १८का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटाले उत्तरी भेग र पहाडमा परेको बर्षातले भाँसी खोलामा आएको वाढीले दर्जनौँ घर डुवानमा परेको बताए ।

‘यहाँ पानी गरेको छैन, तर पनि खोलामा आएको वाढीले डुवान गरिसक्यो, ‘उनले भने, ‘भीनपा १८निम्बुखेडा भण्डारी टोलमा पटानले चार/पाँच घर जोखिममा परेका छन ।’ भीमदत्त नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख मनोज भट्टले वाढी प्रभावित क्षेत्रमा उद्दार,डुवान व्यवस्थापनका लागि जेसिभी पठाएको बताए । बर्षाले भीमदत्त नगरका विभिन्न स्थानमा कटानी, डुवान भएको छ । भीमदत्त नगरपालिका ९मटैनामा ब्रम्हदेब–भाँसी सडकमा समेत क्षति पुगेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img