कञ्चनपुर : भीनपा १५ मा रहेको दशरथ आधारभूत विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई समाजसेवी दिपक चन्दले ४० थान झोला हस्तान्तरण गरेका छन् ।


बुवा भान बहादुर चन्दको १३ औ वार्षिक पुण्यतिथीको अवसरमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई ४० थान झोला हस्तान्तरण गरेका छन् । समाज सेवी चन्दले विगतका दिनमा पनि अति विपन्न वर्गहरुलाई खाद्यन्न तथा लता कपडाको सहायोग गर्दै आई रहेको छन् । खोक्रो आर्दशका कुरा भन्दा ‘सेवा नै धर्म ’ भएकोले आफुले सक्दो सहयोग गर्दै आएको चन्दले बताए।



विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष दुर्गा दत्त भट्टले यस प्रकारको सहयोगले विद्यार्थीहरुमा पढ्नु पर्ने हौसला मिल्नुका साथै खुशी पनि हुने बताए ।’ उनले भने ‘यो विद्यालय भीनपा–१५को पुरानो विद्यालय हो । यहाँ कुनै पनि पार्टी वा समितिको निर्णय गर्नु पर्दा यहाँको भवन तथा खेल मैदान प्रयोग गरिने गरिन्छ । तर विद्यालय जिर्ण भई सक्दा पनि कुनै नेताको ध्यान नपुग्नु विडम्बना नै हो, यसले कही कतै बाट सानो सहयोग पाए विद्यालयले काँचुलि फेर्ने विश्वास छ ।’







