झलारी : शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको सृजनशिल बचत तथा ऋण सहकारी संस्थाको शनिवार १६ औं स्थापना दिवस मनाईएको छ । सहकारीका अध्यक्ष शिवराज भट्टको सभापतित्वमा स्थापना दिवस मनाईएको हो ।
स्थापना दिवसका अवसरमा मन्तव्य राख्नु हुदै अध्यक्ष भट्टले सहकारीमा आवद्ध सदस्य, कर्मचारी र सञ्चालकहरुको कुशल व्यवस्थापनका कारण सहकारी प्रगती पथमा लम्कीएको बताउनु भयो । सहकारीका कानुनी सल्लाहकार उद्धवराज भट्टले बिषम परिस्थीतिमा पनि सहकारीको कारोवारमा कुनै असर नपरेको भन्दै व्यवस्थापकीय पक्षको प्रशंसा गर्नु भयो ।

उहाँले ऐन, नियम, नियमावली बमोजिम सहकारीले कार्य गर्दा सबैको विश्वास जित्छ भन्ने मान्यता यस सहकारीले स्थापित गरेर देखाई दिएको बताउनु भयो । दिवसका अवसरमा सहकारीको आब ०८०/८१ को बार्षिक कारोवाको संक्षिप्त जानकारी कार्यकारी प्रमुख मदनराज भट्टले दिनु भयो ।
आब ०८०÷८१मा सहकारीले रु १५ करोड ५९ लाख ६७ हजार दुई सय ७३ वरावरको कारोवार गरेको उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार जुन गत आबको भन्दा रु दुई करोड ४३ लाख २५ हजार ८५ले बृद्धि भएको छ । आब ०७९/८०मा सहकारीले रु १३ करोड १६ लाख ३९ हजार एक सय ८८ आम्दानी गरेको थियो । आब ०८०÷८१ मा सहकारीलको खुद नाफा रु दुई करोड २७ लाख ४५ हजार चार सय ८९ रहेको छ । जुन गत आबको भन्दा रु २० लाख ५० हजार एक सय २८ ले बढी रहेको छ ।

सहकारीको आब ०८०/८१ को लगानीमा रहेको रकम रु ८० करोड २० लाख ७१ हजार नौ सय ३८ रहेको छ । जुन गत वर्षको भन्दा रु पाँच करोड १८ लाख नौ हजार ८७ रहेको छ । सहकारीको असुली दर भने ९८ दशमलव ९६ प्रतिशत रहेको छ । सहकारीबाट ऋणका रुपमा रकम लगेर कारोवार गर्ने ऋणीहरुको सङख्या पाँच हजार एक सय ३४ रहेको छ । सहकारीमा बचत रकम रु ६१ करोड ७३ लाख १२ हजार तीन सय ६३ रहेको छ । जुन गत आबको तुलनामा १२ करोड ४४ लाख ४८हजार ३५ रहेको छ । सहकारीको शेयर रकम रु छ करोड छ लाख १० हजार नौ सय रहेको छ । जुन गत आब भन्दा रु ९६ लाख ५० हजार पाँच सयले बृद्धि भएको छ ।

सहकारीका सदस्य सङख्या १९ हजार एक सय पाँच रहेका छन । जुन गत आब भन्दा एक हजार तीन सय ८१ ले बृद्धि भएका छन । सहकारीमा ५८ जना कर्मचारी कार्यरत रहेका छन । सहकारीको केन्द्र सङख्या तीन सय १४ रहेका छन । सहकारीले आब ०८०÷८१ मा एक हजार एक सय ३६ जनालाई वित्तिय साक्षरता शिक्षा प्रदान गरेको छ । देशमा हाल कायम रहेको आर्थिक मन्दीका बावजुद संस्थाको असुली दर ९८ प्रतिशत रहेकोछ । शेयर रकम तथा कोषमा बृद्धि भएको छ । मुनाफा सन्तोषजनक रहेको छ । सस्थाको आगामी कार्यक्रममा स्वोरोजगार सृजना तथा उद्यमशिलता विकास, कृषि क्षेत्रमा लगाानी बृद्धि तथा प्रविधिमा सहयोग, वित्तिय साक्षरता अभियान सञ्चालन, डिजिटल कारोवारलाई अझै प्रविधि मैत्री बनाईने, शुसासन तथा पारदर्शिता कायम गरी स्वनियमनमा सहकारी सञ्चालन गर्ने, स्थानिय तह संगको साझेदारीमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने लगायत रहेका छन ।
कार्यकारी प्रमुख भट्टले संस्थालाई यो उचाई सम्म ल्याईपुरयाउन प्रत्यक्ष एवं परोक्ष रुपमा सहकार्य गर्ने सेयरसदस्यहरु,बचत कर्ता, निमायक निकाय, साझेदार संस्था एवं संस्थाको उन्नतीमा सहयोग गर्ने सञ्चालक समिति,लेखा सुपरिवेक्षण, सल्लाहकार,विभिन्न उप समितिका पदाधिकारीहरु प्रति अभार व्यक्त गर्नु भएको छ । कार्यक्रमको सञ्चालन सहकारीका सचिव खगेन्द्रप्रसाद पाण्डेयले गर्नु भएको थियो । सहकारी विसं २०६५ मा जागरुक २५ जना सदस्यको प्रयासमा स्थापना गरिएको हो ।






