दुर्घटनामा मृत्युु भएका कर्मचारी ओलीका परिवारलाई निजामती कर्मचारी संगठन कञ्चनपुरद्वारा २१ हजार सहयाेग

रमेश प्रसाद भट्ट/कञ्चनपुर– सडक दुर्घटनामा परी मृत्युु भएका शुक्लाफाँटा नगरपालिकाका कर्मचारी रूद्र बहादुर ओलीका परिवारलाई नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले आर्थिक सहयाेग गरेकाे छ । शनिबार कर्मचारी संगठनका प्रदेश सहासचिव महादेव जाेशी र जिल्ला अध्यक्ष मान बहादुर चन्द सहित पदाधिकारीहरूकाे टाेलीले मृतकका परिवारलाई शुक्लाफाँटा नगरपालिका-५ बनसमिति स्थित घरमै पुगेर किरिया खर्च २१ हजार रूपयाँ सहयाेग गरेकाे हाे ।

मृतक ओलिका परिवारलाई भेटेर हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै किरिया खर्च स्वरूप नगद २१ हजार रूपयाँ आर्थिक सहयाेग गरिएकाे नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले बताउनु भयाे । उनले भने “हामिले एक कुशल राष्ट्रसेवक कर्मचारी गुमाएकाेमा दुखित छाै, यस दुखद् घडिमा सान्ताेना स्वरूप परिवारलाई संगठनकाे तर्फबाट परिवारलाई आर्थिक सहयाेग संगै मृतक प्रती श्रद्धाञ्जली र परिवारमा समवेदना दियाै ।”

बुधबार बेलुका अन्दाजि ७:३० बजेकाे समयमा भीमदत्त नगरपालिका–४  भाँसी क्षेत्रमा दुई माेटरसाईकल एक आपसमा ठेक्कीदा दुर्घटनामा परी ओलीकाे मृत्यु भएकाे थियाे । ओलीले चलाएकाे म १ प ११४५ र हरिदत्त जाेशीले चलाएकाे म २ प ७२७१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा उनकाे घटनास्थलमै मृत्यु भएकाे हाे । जाेशी सामान्य घाईते भएका थिए । उनी भिमदत्त नगरपालिकाका कर्मचारी हुन ।

ताजा समाचार