कञ्चनपुर : कञ्चनपुरको तिलाचौरका वाढीपीडित, विपन्न परिवारलाई खाद्यान्नसहयोग गरिएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरका वाढीपीडित, विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । तिलाचौरका स्थानीय अगुवा युवा बलराम एसके तिलाचौर पशुपति टोलका एक युवाले वाढीपीडित, विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको बताए ।

उनका अनुसार पशुपति टोलका स्व. समाजसेवी धन बहादुर देउवा(बैदार साहेब)का छोराले बाबुको सम्झनामा अति विपन्न, गरिब, अपाङ्ग, वाढीपीडितलाई खाद्यान्न सहयोग गरेका छन । युवा अगुवा एसकेका अनुसार १७ परिवारलाई प्रति परिवार २५ किलो चामल, तीन किलो दाल, तीन लिटर खानेतेल, पाँच किलो आलु सहितको खाद्यान्न सहयोग गरेका छन ।

स्व. समाजसेवी धन बहादुर देउवा(बैदार साहेब)का छोराले बाबुको स्मृतिमा सहयोग गरेका हुन । सहयोगी देउवा भारतमा बस्दै आएका आएका छन । यसरी देउवाले आफु परदेशमा भएपनि स्वदेशमा रहेका गाँउलेहरुको पीडामा मलम लगाउने काम गरेको भन्दै पीडितहरुले आभार प्रकट गरेका छन ।







