मोटरसाईकल दुर्घटनामा दोधारा चाँदनीका एकको ज्यान गयो, अर्का गम्भिर घाईते

दोधारा । मोटरसाईकल दुर्घटनामा परि एक युवकको घटनास्थलमा मृत्यु भएको छ् । गएराती दोधारा चाँदनी नगरपालिका– ४ चाँदनी बजार क्षेत्रमा मोटरसाईकल दुर्घटनामा परि दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज, बन्दुके टोलका वर्ष अन्ताजी २४– २५ का सुरज सुनारको घट्नास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ् । यस्तै उक्त घट्नामा सोही मोटरसाईकलमा सवार वर्ष अन्ताजी ४५ का गोपाल सुनार गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभएको छ् ।

उनको उपचारको लागी महाकाली प्रादेशिक अस्पताल पठाईएको छ् । थप उपचारको लागी अन्य अस्पतालमा लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ् । केवलको पोलमा ठोक्किदा सुरज सुनारको घट्नास्थलमा मृत्यु र गोपाल सुनार गम्भिर घाईते भएको दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले बताउनुभएको छ् ।

गएराती ३ बजे केवलको पोलमा ठोक्किदा सुरज सुनारको घट्नास्थलमा मृत्यु र गोपाल सुनार गम्भिर घाईते भएको प्रहरीको भनाई रहेको छ् ।

ताजा समाचार