कञ्चनपुर : एक बर्षको अवधिमा कञ्चनपुर प्रहरीले दर्जनौँ कामकाज गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गत आर्थिक बर्ष ०८०/०८१ मा दर्जनौँ कामकाज गरेको हो । कञ्चनपुर प्रहरीको तथ्याङ्क अनुसार समुदायमा प्रहरी कार्यक्रममदेखि चोरी तस्करी, लागु औषध नियन्त्रण, फरार अभियुक्त पक्राउ सहितका थुप्रै कामकाज गरेको छ ।
उक्त आर्थिक बर्षमा लागु औषध नियन्त्रण तर्फ २सय ८४ जना लागु औषधका तस्कर, सेवनकर्ता पक्राउ गरेको छ । उनीहरुको साथबाट ७किलो, ६७७ग्राम, ५९४मिनिग्राम चरेश, ३१५ ग्राम, १५ मिलिग्राम खैरोहिरोईन बरामद गरेको छ ।

काठ तस्करी तर्फ ८जना काठ तस्कर पक्राउ उनीहरुको साटबाट ७ सवारी साधन, २०लाख, ८ हजार ६१७रुपैया बराबरको ५८४क्युफिट काठ बरामद गरेको छ । गैर कानुनी रुपमा नदीजन्य पदार्थको दोहन गर्ने ५२मानिस, ५टिप्पर, ४६ टेक्टर गरेर उनीहरुबाट १३लाख, ८७हजार ५सय राजस्व संकलन गरेको छ । १सय ८८ जुहाडेको साथबाट १२लाख, ९६हजार ३९७रुपैया बरामद गरेको छ । भने, १८ मुद्दा चलाएको छ । विभिन्न मुद्दाका फरार २५४ जना अभियुक्त पक्राउ गरेर पुन जेल पठाएको छ । गत आर्थिक बर्षमा ६करोड, ३७लाख, ८५ हजार, ५१९बराबरको भन्सार चोरी तस्करीको अवैध समान बरामद गरेर भन्सार चलान गरेको छ ।

कार्यालयमा समेत ३०मिटर सडकमा ब्लक विछ्याईएको, बृक्षारोपण, हिरासत सुधार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी समेत रहेका प्रवक्ता उमेशराज जोशीले जिल्लाभरी प्रहरीको सकृयताकै कारण भन्सार चोरीछलीदेखि फरार अभियुक्त, लागु औषधका सेवनकर्ता, तस्कर पक्राउ पर्नेहरुको संख्या उच्च रहेको बताए ।
‘यो जतिपनि सफलता छ, सबै हामी सबै प्रहरी कर्मचारीदेखि अधिकृत सबै यूनियटको सकृयता हो, ‘उनले भने, ‘आगामी दिनमा समेत हामीले गत बर्षकै जस्तो सकृयतापुर्वक गैर कानुनी कामकाज नियन्त्रण निरुत्साहित एव कार्बाही गछौँ ।’ अहिले एसपी चक्रराज जोशीको कमाण्डिङ्गमा कञ्चनपुर प्रहरी छ । पछिल्ला दिनहरुमा प्रहरीले भन्सार चोरीछलीदेखिका कामकाजमा उच्च सकृयता देखाएसंगै तस्कर समुहको रातारात कमाउने सपना चकनाचुर भएको छ ।

विगतका बर्षहरुमा तस्कर समुहले प्रहरीसंग सेटिङ्ग गरेर करोडौँका समान भित्र्राउने गरेको भएपनि तत्तकालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट, गत बर्षका एसपी कमल थापाको कार्यकालदेखि यता अहिलेका एसपी चक्रराज जोशीले तस्करसंग हिमचिम नभई सिधै डण्डा बजाउने काम गरेपछि तस्कर समुहको विचल्ली रुवाबासी चलेको छ । ०७५ सालमा एसपी दिल्लीराज विष्टले कञ्चनपुरको कमाण्ड सम्हालेपछि लागु औषध नियन्त्रणका लागि सोल्पावालादेखि सप्लार्यमाथि कार्बाही शुरुवात गरेका थिए । तस्करी नियन्त्रणमा प्रहरीका जिल्ला कमाण्डरले गरेको भूमिकाको नागरिक स्तरमा समेत प्रसंसा भईरहेको छ ।






