कञ्चनपुर : आफै कार्यरत नागरका कृषक जनतासंग घुस लिने दुई कृषिका कर्मचारी अख्तियारको स्टिङ अप्रेसनको फन्दामा परेका छन । चालु आर्थिक बर्ष ०८०/०८१ को अन्तिम दिन ३१ असार सुदूरपश्चिमका दुई सरकारी कर्मचारी घुस सहित पक्राउ परेका हुन । चालु बर्ष सकिएकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले कैलालीको धनगढीबाट दुई कर्मचारी घुस सहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले सोमबार धनगढीबाट ४ लाख १२ हजार नगद सहित शैल्यशिखर नगरपालिका दार्चुलाका दुई कर्मचारी पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका कृषि शाखा प्रमुख मोहन सिह धामी र नाप्रस अशोक सिह धामी रहेका छन । उनीहरुले कृषि योजना बाफत कृषक समुह सेवाग्राहीबाट लाखौँ घुस रकम लिएको अख्तियारले जनाएको छ । सिधै किसानसंग सम्बन्धीत रहेका कृषिका कर्मचारी यसरी भ्रष्टाचारमा लिप्त भएपछि तीनै तहका सरकारले कृषि क्षेत्रमा छुट्याउने रकम दोहन भएको छ ।

उक्त घटनाले समेत कृषिमा भ्रष्टाचार, बेथिति मौलाएपछि किसान चिन्तित भएका छन । यस अघि अख्तियारको टोलीले डोटीका वन अधिकृत भक्तराज गिरीलाई ५ हजार घुस सहित पक्राउ गरेको थियो । तीनै तहका सरकारले कृषिमा ठुलो बजेट राखेर तर, कर्मचारीले यसरी नै दोहन गरेपछि नागरिक समेत कृषिका कर्मचारी देखेर हैरान भएका छन ।







