कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १२ मा आयोजित रेविज रोग विरुद्धको खोप शिविरमा एक सय १० घरपालुवा कुकुरलाई रेविज विरुद्धको खोप लगाईएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनएकपुरको चालु आबको स्वीकृत कार्यक्रम अनुसार नगरपालिका संग सहकार्य गरी वडा अध्यक्ष नवल सिंह रानाको सभापतित्व र नगर उप प्रमुख कल्पना पन्तको प्रमुख आथित्यमा सञ्चालित निःशुल्क शिविर कार्यक्रमको आयोजना गरिएको हो ।

वडाका टोल टोलबाट कुकुर ल्याई स्थानिय बासिन्दाले खोप लगाएका छन । खोप लगाएका कुकुरको रेकर्ड राख्ने कार्य संगै कार्ड बनाएर कुकुरधनीलाई वितरणको कार्य गरिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संगै जोडिएको क्षेत्र भएकाले रेविज रोगको संक्रमण फैलिने उच्च संभावना हुदा शिविरको आयोजना गरी घरपालुवा कुकुरलाई खोप लगाउने कार्य गरिएको विज्ञ केन्द्रका अधिकृत शिवराज भट्टले बताउनु भयो ।
“बहुलाएका स्याल, व्वांसो, फ्याउरो लगायतले घरपालुवा कुकुर, विरालोलाई टोक्छन” उहाँले भन्नुभयो, “ती घरपालुवा जनावरले मानिसलाई टोकेमा रेविज रोगको बिषाणु सार्ने गर्दछन, त्यसले स्नायू प्रणालीमा असर गर्दछ ।” रोगी जनावरले मानिसलाई टोकेको अबस्थामा रयाल मार्फत विषाणू सर्ने गर्दछ ।
रेविज रोग लागेका विरामीहरुमा उत्तेजक किसिमका लक्षणहरु देखा पर्ने गरेको उहाँको भनाई रहेको छ । सबै भन्दा बढी रेविज रोग कुकुरको टोकाईबाट सर्ने गरेको देखिएको उहाँले उल्लेख गर्नु भयो । कुकुर लगायतका मांसहारी जनावरले टोकेमा तुरुन्तै स्वास्थ्य संस्थामा गएर रेविज विरुद्धको खोप लगाउनु पर्ने हुन्छ” शुक्लाफाँटा नगरपालिकाका पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टले भन्नुभयो, “रोगका लक्षण देखा परेपछि कुनै उपचार छैन, विरामीको दर्दनाक रुपमा मृत्यु हुन्छ ।”

वडाका केही घरपालुवा कुकुरलाई शिविरको आयोजना गरी खोप लगाउने कार्य गरेपनि छुटेका कुकुरलाई नगरपालिकाको पशु शाखाबाट निःशुल्क रुपमा खोप लगाउने व्यवस्था गरिएको वडा अध्यक्ष नवल सिह रानाले बताउनु भयो । सामुदायिक र घरपालुवा कुकुरको सङख्यामा कमी ल्याउनका लागि केही महिना अगाडी कुकुरको बन्धयाकरणको कार्य गरिएको उहाँले जानकारी दिनु भयो । रा
