कञ्चनपुर : लागु औषध सहित दुई युवक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बेलौरी न.पा ७ पौलाह बाट दुई युवकलाई लागु औषध सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका ०९ पिपरिया बस्ने शुमेरराम राना र सोही स्थान बस्ने प्रदिप राना रहेका छन् । निजहरुको साथबाट खैरो हिरोईन शुद्ध तौल २.५८ ग्राम फेला परेको छ । दुवैलाई नियन्त्रण लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।







