भुजेला खोला पीडित महाकाली पुल आयोजनामा खोलाको निकास गरेर बस्ती डुवानबाट जोगाउन माग


कञ्चनपुर : कञ्चनपुरको भुजेला खोलाबाट पीडितहरुले महाकाली पुल आयोजनामा डेलिगेशन दिएका छन । बिहीबार भुजेला खोला पीडितहरुले पुल आयोजनामा डेलिगेशन दिएका हुन । महाकाली पुलको तटबन्धनका कारण सिङ्गो गाँउबस्ती डुवानमा परेको भन्दै डुवानबाट बस्ती जोगाउन माग अघि सारेर पीडितहरु आयोजना कार्यालय पुगेका थिए ।

भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापा सहितका वाढीपीडितले खोलाको निकास महाकाली पुलको तटबन्धले छेकेदिएपछि डुवान परिरहेको बताए । वडाध्यक्ष थापाले यथाशिघ्र तत्तकालमा हुनुपर्ने काम गरिदिनुपर्ने र दिर्घकालिन काम पछि गर्दापनि हुने बताए । महाकाली पुल आयोजनाका सवईन्जिनियर दुर्गादत्त अवस्थीले पानी निकासका लागि निर्माण कम्पनीलाई निर्देशन जारी गरिएको बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img