कञ्चनपुर : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र स्थित पुनर्वास नगरपालिका वडा नं १० मा रहेको कुण्डा सव डिभिजन वन कार्यालय पचगडियामा प्रत्येक बर्ष झैं यस बर्ष पनि विभिन्न जातका बोट विरुवाहरू निशुल्क बितारण गरिएको छ । सव डिभिजन वन कार्यालय कुण्डाले हरियाली बढाऔँ पर्यावरण संरक्षण गरौं,काठ दाउरा डालेघाँसमा आत्मनिर्भर बनौ भन्ने मूल नार सहित निशुल्क बिरुवा बितरण कार्यक्रमको शुभारम्भ गरिएको छ । पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख अतिथ्यमा एक औपचारिक कार्यक्रमका बिच निःशुल्क बिरुवा बितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । डिभिजन वन कार्यालय कञ्चनपुरको आर्थिक वर्ष २०८०÷०८१ को बार्षिक स्वीकृत कार्य तालिका अनुसार कुण्डा सब डिभिजन वन कार्यालय पचकडिया कंचनपुरको नर्सरीमा टिक मसला टाकी कोइरालो सिसौ मोरिंगा प्रजातिका बिरुवाहरूको नर्सरी उत्पादन गरेका थिए ।
डिभिजन वन कार्यालय पचकडियामा उत्पादन भएका टिक मसला टाकी कोइरालो सिसौ मोरिंगा प्रजातिका बिरुवाहरु यही असार २६ गतेदेखि निःशुल्क रुपमा वितरण गर्न सुरु गरिएको कुण्डा सव डिभिजन कार्यालयका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो । डिभिजन कार्यालयका प्रमुख यादवका अनुसार बिरुवा वितरण प्रकियामा ५० बिरुवा लैजना चहाने कृषकको हकमा नेपाली नागरिकता को प्रतिलिपि ५० देखि ५०० बिरुवा सम्म को लागि जग्गाधनी प्रमाणपत्र ५०० बिरुवा भन्दा माथि स्थानिय बडा कार्यालयको सिफारिस बिधालय ,संघ संस्था सार्वजनिक निकाय कार्यालयले बृक्षारोपण गर्ने स्थान खुलाई सम्बन्धित् कार्यालयको आधिकारिक पत्र सहित आए पश्चात बिरुवा उपलब्ध गराइने समेत बताउनुभयो । प्रमुख अतिथिको रूपमा रहेका नगर प्रमुख तोय प्रसाद शर्माले हरियो वन नेपालको धन” भन्ने मूल मन्त्र लाई अंगीकार गर्दे वृक्षरोपण फेसनका लागि होइन रोपेको बिरुवा जोगाउन जरुरी भएको बताउनुभयो । नगर प्रमुख शर्माले बिरुवा बितरण गरिए सँगै वितरण गरिएका बोट बिरुवाको वन कार्यालयले अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सकारात्मक सोचसहित रोपिएको बिरुवाबाट मानव स्वास्थ्यलाई पुग्ने फाइदाको बारेमा सोच्दै नगरपालिकालाई हरियाली र सुन्दर बनाउने कार्यमा एकजुट हुन अनुरोध गर्नुभएको थियो। कुण्डा सव डिभिजन बन कार्यालयका प्रमुख दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित निशुल्क बोट बिरुवा बितरण कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ज्यूको प्रमुख आतिथ्य र उपप्रमुख भुलिया कुमारी राना र पुनर्वास नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनराज थापाको विशिष्ट अतिथ्य रहेको थियो। यसैगरी अतिथिमा वडा नं १० का वडाध्यक्ष सुकदेव राना , वडा नं ११ का वडाध्यक्ष बिनोद अर्याल,स्थानिय वडा सदस्यहरु, समाजसेवी , बुद्धिजीवी ,कृषकहरू र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । वन कार्यालय ले हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर विभिन्न क्षेत्रमा निःशुल्करूपमा वितरण तथा बन जङ्गल क्षेत्र मा वृक्षारोपण गर्दै आइरहेका छ्न। यस वर्ष कुण्डा सब डिभिजन वन कार्यालयबाट ५० हजार बिरुवा वितरण गरिने प्रमुख यादवले जानकारी दिनुभयो ।
