महाकाली सिँचाईको नहर भत्किएर मटैनाका घर उच्च जोखिममा


कञ्चनपुर : कञ्चनपुरको उत्तरी भेग मटैना क्षेत्रमा महाकाली सिँचाईको नहर भत्किएर केही स्थानीयका घर उच्च जोखिममा परेका छन । महाकाली सिँचाई तेस्रो चरणको नहर भत्किएर भीमदत्त नगरपालिका ९ मटैनाका केही स्थानीयका घर कटानीको उच्च जोखिममा परेका हुन ।

चारदिनदेखि अबिरल रुपमा परेको भिषण बर्षाले सिँचाईको नहर भत्किएर मटैनाका स्थानीयका घर उच्च जोखिममा परेका कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले बताए । उनका अनुसार नरेश खत्री, सम्भु ओड, सुरज नाथ, बिरेन्द्र विष्ट, भुपेन्द्र सिह धामी लगायतका दर्जनौँका घर कटानीको उच्च जोखिममा परेका छन ।

‘पहिलो वाढीले यसरी मटैनाका स्थानीयका घर कटानीको उच्च जोखिममा परेका छन, ‘उनले भने, ‘अहिले नै समस्याको समाधान नगरिए आगामी दिनमा आउने समान्य बर्षातमा समेत भौतिक मानविय क्षति हुनेछ ।’ स्थानीय समेत रहेका युवा नेता ऐरले सम्बन्धीत निकायबाट समयमै गम्भिर चासो दिएर स्थानीयको उठिबासबाट बचाउनुपर्नेमा सुझाव दिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img