पत्रकार भण्डारीलाई पितृ शोक

महेन्द्रनगर : कञ्चनपुरका बरिष्ठ पत्रकार एवं प्रशिक्षक खेम भण्डारी लाई पितृ शोक परेको छ । पत्रकार खेम भण्डारी तथा भीमदत्त नगरका लेखा अधिकृत बिक्रम भण्डारीलाई पितृ शोक परेको हो । पत्रकार खेम भण्डारी र लेखा अधिकृत विक्रम भण्डारीका बाबु उजिर सिंहभण्डारीको सोमबार निधन भएको थियो ।

मंगलबार धार्मिक परम्परा अनुसार महाकाली नदीमा अन्त्येष्टी गरिएको छ । ८२ बर्षको उमेरमा उजिरको निधन भएको परिवारजनले जनाएको छ । भीमदत्त नगरका पुर्व  जनप्रतिनिधी समेत रहेका उजिर भण्डारीको निधनले घर परिवार, गाउँले ईष्टमित्र सहित आफन्त शोकाकुल भएका छन् ।

भण्डारीको निधनमा नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियो प्रसारक संघ नेपाल लगायतका पत्रकार संघ संस्थाहरुले भण्डारी परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

ताजा समाचार