कञ्चनपुर: चारदिनदेखि लगातार रुपमा परिरहेको बर्षातले कञ्चनपुरको पिपरैया स्थित बैजनाथ विद्या निकेतन विद्यालयमा क्षति पु¥याएको छ । भुजेला खोला सहित गाँउको पानी आएर भीमदत्त नगरपालिका १३ बैजनाथ विद्या निकेतन विद्यालयमा क्षति पु¥याएको हो ।

बैजनाथ विद्या निकेतन विद्यालयका प्रद्यानाध्यापक भानदेव भट्टले वाढीका कारण भौतिक सरचनादेखि शैक्षिक कागजात नष्ट भएको बताए । ‘वाढीले विद्यालय संचालनमा समस्या आएको छ, ‘उनले भने, ‘पुर्ननिर्माण नभए क्षति भएको स्थानमा बालबालिका थप दुर्घटनामा पर्नेछन ।’ प्रअ भट्टले विद्यालयमा भएको क्षतिको स्थलगत अनुगमन गर्दै पुर्ननिर्माणका लागि स्थानीय सरकार सहितका निकायसंग अनुरोध गरेको बताए ।

