सिङगै भुजेला खोला गाँउ पस्यो, पीडितको दैलोमा उपप्रमुख लेखक


कञ्चनपुर : महाकाली नदीको तटसंगै रहेको भुजेला खोला गाँउपस्ता भीनपा ११ सहितका आसपासका बस्ती डुवानमा परेका छन । चुरे भएर बग्ने भुजेला खोला र बनबासा पुल स्थित भारतीय सीमा सुरक्षा बल(एसएसबी) बसेको स्थानदेखि बग्ने नाला गाँउपसेपछि हजारौँ घर परिवार डुवानमा परेका छन ।

भीनपा ११का वडाध्यक्ष प्रकास थापाले वाढी आएका बेला यस अघि पनि भुजेला खोला गाँउ पस्ने र महाकाली नदीमा थुनिएपछि सिङ्गै खोला नदीमा नमिसिई सिधै गाँउ पस्ने भएकाले डुवान परेको बताए । वडाध्यक्ष थापाले पहिलो पटक यसरी खोला गाँउमा पसेको बताए ।

‘अरु बर्षपनि भुजेला खोला आएपनि बस्ती डुवान भएन, ‘उनले भने, ‘यस पटक डुवानले ठुलो क्षति गरेको छ ।’ भीमदत्त नगरकी उपप्रमुख निलम लेखक विस्थापितको घरदैलोमा पुगेकीछिन उपप्रमुखले वाढीपीडिलाई राहत वितरण गरिएको बताईन ।


Loading Viewer...

ताजा समाचार

spot_img