कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्र भएर बग्ने झर्नाखोलामा वाढी आउँदा आसपासका जनता डुवानमा परेका छन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बेलौरी नगरपालिका ९ र बेलडाँडी गाँपालिका १ भएर बग्ने झर्नाखोला उर्लिएको छ ।
गयरातीदेखि झर्नाखोलामा आएको वाढीले बेलडाँडी र बेलौरीका दर्जनौँ घर परिवार डुवानमा परेका छन ।

झर्नासागरकी स्थानीय अगुवा कलावती जोशीले खोलामा वाढी आएपछि केही विस्थापित सरस्वती मावि विद्यालयमा बसेको बताईन । यो खोला यस बर्षपनि उर्लिएर आएको छ, ‘उनले भनिन, ‘खोलाबाट विस्थापित भएका ८÷१० परिवार सुरक्षित स्थानमा सरिसकेका छन ।’ खोलामा आएको वाढीले पुल, तटबन्धमा समेत क्षति गरेको छ ।

स्थानीयले हेडटु टेलसम्म तटबन्ध र ठाँउठाँउमा पक्की पुल निर्माणका लागि माग गर्दै आएपनि तीन सरकारले वेवास्ता राख्दा खोलाले बर्षनी उर्बरा जमिन कटानी गर्दै आएको छ । बर्षा नरोकिएपछि तटिय क्षेत्रका जनता त्रसित भएका छन ।







