दोधारा । लगातारको वर्षापछि महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० को शान्ती टोल, कुतियाकवर र निशाने टोल डुवानमा परेका छन् । आज अपरान्ह पछि शान्ती टोल डुवानमा परेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् ।

डुवान परेपछि शान्ती टोलका झण्डै ७२ जना स्थानिय अम्बिका माध्यमिक बिद्यालयको शरणमा बस्न बाध्य भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय खोज उद्धार टोलीले उनिहरुलाई उद्धार गरेको बताईएको छ् ।

बिस्तापितहरुलाई खान तथा बस्नको लागी दोधारा चाँदनी नगरपालिका कार्यालय, डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले ब्यवस्था गर्न लागेको बताईएको छ् ।

