नहर निर्माण गर्ने ठेकेदारको लापरबाहीले स्थानिय बासिन्दाका घर डुवानमा


कञ्चनपुर : महाकाली तेश्रोचरण नहर निर्माण गर्ने निर्माण व्यवसायी(ठेकेदार)को लापरबाहीका कारण शुक्लाफाँटा नगरपालिका ७ जुडा, पिताम्बर, स्टेशनपुर लगायत क्षेत्रका बासिन्दाका घर डुवानमा परेका छन । नहर निर्माण गर्ने क्रममा पानी निकासका लागि राखिएका होमपाईप थुनिदा वर्षाको पानी स्थानिय बासिन्दाको घर खेतमा पुगेको हो ।

वडा अध्यक्ष प्रताप सिंह धामीका अनुसार पिताम्बरमा १०, स्टेशनपुरमा ८ परिवार डुवानमा परेका छन । स्टेशनपुरका उत्तर बोहराको घर ढल्ने अबस्थामा पुगेको छ वडा अध्यक्ष धामीले भन्नुभयो, नहर निर्माण गर्दा पानी निकासका लागि राखेका होमपाईप थुनिएका छन, पानी बग्ने नालामा नहर निर्माण गर्दा माटो थन्क्याउदा वर्षाको पानी स्थानिय बासिन्दाको घर सम्म पुगेको छ ।

बारम्वार होमपाईप खोल्नका लागि भन्दै आए पनि निर्माण व्यवसायीले बेवास्ता गर्दा स्थानिय बासिन्दा डुवानमा परेको उहाँको भनाई रहेको छ । डुवानका कारण स्थानिय बासिन्दाले रोपेको धान नहर खन्दा बगेको माटोले पुरिएको छ । डुवानमा परेका परिवारलाई सुरक्षित स्थानमा सार्नका लागि उहाँले आग्रह पनि गर्नु भएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img