कोरियामा दोस्रो खप्तड भलिबल प्रतियोगिता हुने

सुरेन गिरी/कोरिया : आगामी जुलाई १४ मा सुदूरपश्चिम समाज दक्षिण कोरियाको आयोजना तथा नेपाल भलिवल संघ कोरियाको समन्वयमा दोस्रो खप्तड भलिवल कप सुवन को अजौ विश्वविद्यालय स्टुडियम (AJAU university studiam)मा हुने भएको छ ।

करिव डेढ दशकदेखि कोरियाको नेपाली समुदायमाझ रहेर सामाजिक, सांस्कृतिक एबम् खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको सुदुर पश्चिम समाज द कोरिया ले यस पटक भने “स्वस्थ विचार र व्यवहार , खेलकूद नै मुख्य आधार भन्ने मूल नाराका का साथ भलिबल प्रतियोगिता आयोजना गरिने यस समाज का खेलुकुद संयोजक गणेश खड्का ले जानकारी गराउनु भएको छ।

समाज का महासचिव कृष्ण भण्डारी का अनुशार यस प्रतियोगितामा २४ वटा टिम हरु बीच प्रतिस्पर्धा हुने र यस खेल को टाई सेट पनि पारदर्शी ढंगले फेसबुक लाइभ मार्फत सार्वजनिक गरिसकेको र यस प्रतियोगिता को मुख्य प्रायोजक भेटघाट रेस्टुरेन्टले गर्ने छ भने बैंकिङ पार्टनर global ime bank , रेमिट पार्टनर fonemoney, र कन्सल्टेन्सी पार्टनर मा भने Nimasa कन्सल्टेन्सी रहेका छन्।

यस प्रतियोगिताको बिजेता समूहले २० लाख वन नगद पुरस्कार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उप–बिजेता समूहले नगद १२ लाख वन सहित , मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । भने तेस्रो हुने २ टीम ले समान ४/४ लाख वन मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन्। त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक, उत्कृष्ट सेटर र उत्कृष्ट स्पाईकरलाई मेडल र प्रमाण पत्र प्रदान गरिने यस प्रतियोगिता का व्यवस्थापक तथा समाज का वरिष्ठ उपाध्यक्ष दीपेन्द्र रोकाया ले जानकारी दिनु भएको छ।

प्रतियोगिता को संपूर्ण तयारी पूरा भइसकेको र सो प्रतियोगीता आयोजना गर्न सम्पूर्ण खेलाडी , खेलप्रेमी, दाजु भाइ तथा दिदी बहिनी हरुको साथ् सहयोग को अपेक्षा रहेको बताउँदै समाज ले खेलकुद, सांस्कृतिक लगायतका विभिन्न सामाजिक कार्यहरुले निरन्तरता दिने यस समाज का अध्यक्ष दिल बहादुर मडैले जानकारी दिनु भएको छ।

ताजा समाचार