दोधारा । महाकाली नदीमा आएको बाढी कुतियाकवर बस्तीको घर नजिक खेतवारीमा पसेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा महाकाली नदीमा आएको बाढी घर नजिक खेतवारीमा पसेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दुई दिन देखि आएको अविरल वर्षा संगै महाकाली नदीमा आएको बाढी बस्ती नजिक खेतवारीमा पसेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । हिजै देखि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा स्थानिय सुरक्षाकर्मी तथा खोज उद्धार टोलीलाई हाईएलर्टमा राखिएको छ् । नगर प्रमुख किशोर कुमार लिम्बु आज बिहानै देखि कुतियाकवर बस्तीमा पुगेर तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरु संग भेट गर्नुभएको छ् ।

कुतियाकवर बस्तीको दक्षिण/पुर्व दिशाबा बग्ने महाकाली नदी किसानहरुको खेतवारीमा पसेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । हाल जोखिम नभएको भएपनि जोखिम बढ्ने सम्भावनाले स्थानियहरुमा सन्त्रास छाएको उहाँले बताउनुभएको छ् । घर, आंगन नजिक महाकाली नदीको पानी बग्न थालेपछि स्थानियहरुमा त्रास छाएको हो । बिगतका वर्षको भिषण वर्षा संगै महाकाली नदी र जगबुडा नदीमा आएको कल्पनीय बाढीले ठूलो क्षति ब्यहोरेका स्थानियबासी टेक बहादुर सुनारलाई महाकाली नदी घर नजिक आउन थालेपछि फेरि चिन्ता बढेको छ् । उही पुरानै शैलीमा महाकाली नदी र जगबुडा नदी उर्लिने पो हो कि, भने चिन्ता उहाँको मनमा रहेको छ् ।
महाकाली नदीले खेतीयोग्य कटानी समेत गर्दै आएको हुदा कतिबेला बस्तीमा महाकाली नदी र जगबुडा नदीको भंगालो पस्ने डर ब्याप्त रहेको टेक बहादुर सुनारले बताउनुभएको छ् । नदीको बहाव तिब्र हुदै गईरहेको र नदीको पानी घरहरुमा पस्ने त्रास बढेर गएको टेक बहादुर सुनारले बताउनुभएको छ् । घर आँगन नजिक नदीको पानी पस्न थालेपछि स्थानियले आफ्नो सरसमानलाई सुरक्षित स्थानमा राख्नमै ब्यस्त देखिएका छ् ।

नदी नियन्त्रणको लागी भौतिक संरचना नबनेको र नदीलाई व्यवस्थित गर्न नसकिएकाले बिगतका दिनहरु जस्तै यस पटक पनि घटना दोहोरिने हो कि, भन्ने चिन्ता बढेर आएको स्थानियहरु बताउन थालेका छन् ।
