झलारी : शुक्लाफाँटा नगरपालिका ११ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा सूतिजन्य पदार्थ सेवन तथा मध्यपान न्यूनिकरण सम्बन्धी सञ्चार कार्यक्रम आयोजना गरियो । स्वास्थ्य निर्देशनालय डोटीले वडा अध्यक्ष शेर बहादुर साउदको सभापतित्वमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष साउदले सूर्तिजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक भएकाले आफुले पनि सेवन नगर्ने अरुलाई पनि सेवन गर्नबाट रोक्नु पर्ने बताउनु भयो ।

सूतिजन्य पदार्थ सेवन तथा मध्यपान न्यूनिकरण गर्ने दायित्व महिला स्वासस्थ्य स्वयंसेवीका, स्वास्थ्यकर्मीको मात्रै नभएर समाजका अगुवा जनप्रतिनिधि, नागरिक समाज, शिक्षक लगायत सबैको भएको बताउनु भयो । स्वास्थ्यका लागि हानिकारक मानिएको सूतिजन्य पदार्थ सेवन तथा मध्यपान न्यूनिकरणका लागि नीतिगत कुराहरु लागु गर्न प्रतिवद्ध रहेको उहाँले बताउनु भयो । कार्यक्रममा सूर्तिजन्य पदार्थ (नियन्त्रण, नियमन गर्ने) ऐन २०६८ का प्रावधान बारे श्वास्थ्य शाखाका हरि नाथ र दीपनगर आधारभूत स्वास्थ्यकेन्द्रका प्रमुख कृष्णराज जोशीले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरस्वती माध्यमिक विद्यालयका प्रअ राजेन्द्र बहादुर ऐर, सिद्ध भीम आधारभूत विद्यायका प्रअ चन्द्रकान्त पन्त लगायतको सहभागीता रहेको थियो । यसैगरी निर्देशनालयको आयोजनामा विभिन्न नसर्ने रोग,मानसिक स्वास्थ्य तथा सरुवा रोग र जुनोटिक रोग रोकथाम बारे पनि कार्यक्रम आयोजना गरी जानकारी दिईएको थियो ।







