बेलौरी नगरपालिका एसइई नतिजा ०८० : उग्रतारा बाल विद्यालय, जिवनरेखा विद्या मन्दिर, ब्राईटस्टार बोडिङ्ग स्कुल र सिद्धबाबा एकेडेमीको सत प्रतिशत रिजल्ट


कञ्चनपुर : माध्यामिक शिक्षा परीक्षा(एसइई)मा कञ्चनपुरको बेलौरी नगरपालिकाका चार विद्यालयले सत प्रतिशत नतिजा ल्याएका छन । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरका चार विद्यालयले सत प्रतिशत नतिजा ल्याएका हुन । गत शैक्षिक सत्र ०८० मा संचालन भएको एसइई परीक्षामा बेलौरी नगरपालिका क्षेत्रका विभिन्न विद्यालयले सत प्रतिशत नतिजा ल्याएका छन ।

निजी लगानीमा संचालनमा रहेका विद्यालयले सत प्रतिशत नतिजा ल्याएको बेलौरी नगरपालिकाले जनाएको छ ।
बेलौरी नगरपालिकाको तथ्याङ्क अनुसार उग्रतारा बाल विद्यालय, जिवनरेखा विद्या मन्दिर रतनपुर, ब्राईटस्टार बोडिङ्ग स्कुल र सिद्धबाबा एकेडेमीले रिजल्ट सत प्रतिशत रिजल्ट ल्याएका हुन । उग्रताराका ३०, सिद्धबाबाका ३, ब्राईटस्टार बोडिङस्कुलका २३ र जिवनरेखाका १७ विद्यार्थीले एसइई दिएका थिए । उनीहरु सबै विद्यार्थी उर्तिण भएका छन । चारै विद्यालयले अभिभावकको चासो, विद्यार्थी शिक्षकको मेहनत एव विद्यालय प्रशासनको उच्च रेखदेखले सत प्रतिशत रिजल्ट ल्याउन सफल भएको बताएका छन । उग्रतारा बाल विद्यालयका प्रिन्सिपल केशव विष्टले विद्यालयले अतिरिक्त कक्षा संचालनदेखि कडा मेहनत गरेर विद्यार्थी उर्तिण गराउन सफल भएको बताए ।

‘हामी शिक्षक, विद्यार्थी सबैको संयुक्त मेहनत हो, ‘उनले भने, ‘अभिभावक, विद्यालय प्रशासनको साथ सहयोगले आज सत प्रतिशत विद्यार्थी सफल भएका छन ।’ प्रिन्सिपल विष्टले एसइईमा मात्रै नभई आधारभूत तहमा समेत उग्रतारा नगरकै उत्कृष्ट भएको छ । बेलौरीका सरकारी तथा निजी गरेर २६ विद्यालयका १हजार ३७ एसइई विद्यार्थी मध्ये ३४९उर्तिण भएका छन । बेलौरीको नमुना सहितका सरकारी विद्यालयको एसइई नतिजा निरासाजनक आएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै सुधारमा जोडदिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img