भीमदत्त नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले नगरका जन्मेदेखि ५९ महिना मुनीका ७ हजार ४८९ बालबालिकाहरुको लगत संकलन गरिएको बताए ।

स्वास्थ्य शाखा प्रमुख जोशीका अनुसार १५ महिना मुनीका २ हजार, १५ बालबालिका र १६महिनादेखि माथि ५९ महिनाभित्रका ५ हजार, ४७४ मध्ये ६४ बालबालिका खोप लगाउन छुट भएका सबै खोप दिईएको बताए । नगरका सबै वडाहरुलाई खोप सुनिश्चितताको प्रमाण पत्र दिईएको थियो ।

पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रममा भीमदत्त नगरपालिका प्रमुख पदम बोगटीको अध्यक्षतामा जिसस कञ्चनपुर प्रमुख दुर्गा दत्त बोहरा, प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद खनाल, उपप्रमुख निलम लेखक, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम स्वास्थ्य कार्यालय प्रमुख ओमप्रकास जोशी, सहितका स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयसेवीका सहितको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img