विश्रामले गरे अक्षयकोष स्थापना


कञ्चनपुर : बिगत २७वर्ष वर्ष देखि निरन्तर रूपमा गुगुल्डि साहित्यिक पत्रिका तथा ७वर्ष देखि गुगुल्डि वाङ्मय प्रतिष्ठानको नेतृत्व गर्दै आउनु भएका वीरबहादुर चन्द विश्राम ले साहित्यिक सम्मान कार्यक्रमका लागि रू २लाखको अक्षयकोष स्थापना गरेका छन ।

गुगुल्डि वाङ्मय प्रतिष्ठानबाट सञ्चालन हुने गरि हरेक वर्ष एक जना उत्कृष्ट साहित्य/संस्कृति कर्मीलाई रू दशहजार रकम सहित सम्मान गर्ने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरिएको छ। प्रतिष्ठानका सचिव जगदीश ओझाका अनुसार विश्रामले आफ्नो उमेर ८२औ वर्ष प्रवेशको अवसरमा द्रोपती विश्राम गुगुल्डि वाङ्मय सम्मान प्रदान गर्न स्थापित उक्त अक्षयकोष स्थापना भयेको र यस पुर्व पनि उनले लच्छु डुणि चन्द स्मृति सम्मानका लागि रू एकलाखको कोष स्थापना गरिएको छ। उहाँ कै पहलमा गुगुल्डि वाङ्मय प्रतिष्ठान तथा साहित्यिक मासिक पत्रिकाले हरेक बर्ष भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा संलग्न सर्जकहरूलाई बार्षिक उत्सवका अवसरमा ६ जना लाई सम्मान प्रदान गरिदै आयेकोमा यस वर्ष थप एक जना स्रष्टा सम्मानित हुने भयेका छन।

गुगुल्डि वाङ्मय प्रतिष्ठानमार्फत सञ्चालन हुने गरि वीरवहादुर चन्द विश्रामसंगै वरिष्ठ साहित्यकार तथा डोट्याली भाषाका कोशकार आर डि प्रभास चटौत, व्यवसायी कोमल बहादुर सिह, साहित्यकार लक्ष्मीदत्त भट्ट, पुर्व प्र अ नारायण दत्त भट्ट लगायतको योगदानबाट स्थापित अक्षयकोषबाट आर्जित रकमबाट सर्जकहरू लाई निरन्तर सम्मानित तथा पुरस्कृत गरिदै आयेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img