वन अतिक्रमण मुद्धाका फरार एक जना पक्राउ


कञ्चनपुर : वन अतिक्रमण मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन् । कञ्चनपुर जिल्ला अदालतले २०७३ माघ १३ गते वेदकोट नगरपालिका वडा नं. २ वस्ने लोकेन्द्र बहादुर रोकायालाई ५ महिना ५ दिन कैद र रु १० हजार जरिवाना तोकेको थियो ।

सजाय तोकेदेखि रोकाया लुकीछिपी वस्दै आएका थिए । रोकायालाई असार १७ गते सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको टोलीले पक्राउ गरी जिल्ला अदालत पेश गराई कैद सजाय भुक्तानको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img