कञ्चनपुर: कञ्चनपुर महेन्द्रनगर क्षेत्रमा रहेका खोकाछाप्रा उद्दार समितिमा आबद्ध मजदुर व्यवसायीले भीमदत्त नगरको गाडी तोडफोड गरेका छन । स्थानीय सरकारले ज्यादती गरेको भन्दै महेन्द्रनगर क्षेत्रमा रहेका खोकाछाप्रा उद्दार समितिमा आबद्ध मजदुर व्यवसायीले भीमदत्त नगरको गाडी तोडफोड गरेका हुन । सोमबार भीमदत्त नगरपालिकाले खोकाछाप्रा क्षेत्रमा बनेका संरचना हटाउन बिहान स्काभेटर लगएको गएको थियो । खोकाछाप्रा उद्दार समितिमा बस्दै आएका मजदुर व्यवसायीले स्थानीय सरकार दमनमा उत्रिएकाले जेसिभी फकाईदिएका थिए ।

खाली गरेका घर हटाउन अवरोध नगर्न अनुरोध गर्न गएका भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थी, ४का वडाध्यक्ष शुशिल भट्ट बिरुद्धमा खनिएका उनीहरुले गाडीमा समेत तोडफोड गरेका छन । भिडमा प्रवक्ता अवस्थी, भट्ट सहित चढेर आएको बा२झ ३८८९ नम्बरको जिपमा तोडफोड गरेका छन । उक्त जिपको पहाडीको भागको सिसा तोडफोड गरिदिएका छन । ०५३ सालमा तत्तकालिन नगरविकास समितिले खोकाछाप्रा व्यवसायीहरुलाई १०बाई १०को घडेरी दिएपनि अहिले आएर पालिकाले ज्यादती गरेको भन्दै आन्दोलनमा उत्रिएका छन । कञ्चनपुर खोकाछाप्रा उद्दार समितिका अध्यक्ष देवल सिह विष्टले भीमदत्त नगरपालिकाले अति राजनीतिकरण एव गरिब विपन्नमाथि दमन गरेको बताए ।

‘हामीलाई उतिबेला नगर विकास समिति, त्यसपछि पनि नगरविकास समिति र मन्त्रालयले नै १५वाई २० को घडेरी दिएर व्यवसाय गर्न दिएको थियो, ‘उनले भने, ‘अहिले आएर भीमदत्त नगरपालिकाले बखेडा झिकेर विवाद गरिरहेको छ ।’ भीमदत्त नगरका प्रवक्ता पदम राज अवस्थीले १०वाई १० त्योपनि कच्ची सरचना मात्रै नतोडिने अन्य मापदण्ड विपरित निर्माण भएका सबै सरचना तोडफोड गरिने बताए ।







