अलपत्र बालकको उद्धार गरी आफन्त जिम्मा लगाईयो


कञ्चनपुर : कृष्णपुर नगरपालिका २ बाणि बजारमा अलपत्र अबस्थामा फेला परेका अन्ताजी १८ वर्षीय डडेल्धुराको आलिताल गाउँपालिका ५ गोदामघर घर बताउने रमेश नागरि(काले ढोली)को उद्धार गरी आफन्त जिम्मा लगाईएको छ ।बाणि बजारमा दुई दिन अघि देखि अलपत्र अबस्थमा रहेका नागरिलाई प्रहरीको सहयोगमा उद्धार गरिएको वडा अध्यक्ष अर्जुन साउदले बताउनु भयो ।

“राम्ररी बोल्न नसक्ने सुस्त मानसिक अबस्थाका रमेशलाई बाणि बजारमा भोक भोकै सडक पेटीमा बस्दै आएको देखेपछि अस्थायी प्रहरी पोष्ट बाणिको जिम्मा लगायौं” उहाँले भन्नुभयो, “आज प्रहरीले उनका आफन्त कैलालीको गोदावरी नगरपालिका बस्ने शिवी नागरि जिम्मा लगाएका छौं ।” घरमा कसैलाई केही नभनी नागरि हिडद हिडदै बाणि बजारमा पुगेर अलपत्र परेको बताईएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img