कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा बेथिति बढ्को भन्दै पाँच राजनीतिक दलले धर्ना दिएका छन । नेकपा एमाले, नेकपा, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा र राप्रपा लगायतका पाँच राजनीतिक दलले धर्ना दिएका हुन । बेलडाँडीका पाँच राजनीतिक दलले गाँउपालिका कार्यालयमा आइतबार धर्ना दिएका छन ।

एमाले बेलडाँडीका सचिव शंकर भट्टले पाँचै राजनीतिचक दलले बेथिति बिरुद्धमा पहिलो दिन साँकेतिक धर्ना दिएको र जनप्रतिनिधी नसच्चिए फेरी आन्दोलनको गर्ने चेतावनी दिए । पाँचै राजनीतिक दलले बेलडाँडीका जनप्रतिनिधी विकास निर्माण भन्दा कमिसन लिप्त भएको भन्दै साँकेतिक धर्ना दिएको बताए ।

दलहरुले गाँउ प्रमुख हरिशचन्द्र रानालाई समेत ज्ञापन पत्र बुझाउँदै बेथिति रोक्दै कमिसनमा लिप्त जनप्रतिनिधीमाथि लगाम लगाउन समेत माग अघि सारिएको छ ।







