भोजराज पन्त/कञ्चनपुर : “जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि” भन्ने नारका साथ देश भर आज २१ औं धान दिवस मनाइएको छ । वेदकोट नगरपालिकाको वडा नम्बर ९ मा रहेको इन्द्रेणी कृषि सहकारी संस्था लि.ले पनि एक कार्यक्रमको आयोजनाका साथ २१ औं धान दिवस मनाइएको छ ।
कार्यक्रममा इन्द्रेणी कृषि सहकारी संस्था लिं. का अध्यक्ष शिवराज भट्ट को अध्यक्षतामा सुरु भएको थियो भने प्रमुख अतिथि वेदकोट नगरपालिका का नगर उप प्रमुख तुलशि देवी जोशी रहनु भएको थियो । त्यसै गरी कृषि व्यवसाय प्रवद्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका कृषि बरिष्ठ प्रशार अधिकृत राम चन्द्र भट्ट, वेदकोट नगरपालिका कृषि साखा अधिकृत देव दत्त वडु, कार्यपालिका सदस्य पार्वती विष्ट , वडा सदस्यहरु , किसानहरुको उल्लेखनिय उपस्थीति रहेको थियो ।

कायक्रममा बोल्दै बरिष्ठ कृषि प्रशार अधिकृत राम चन्द्र भट्टले भन्नु भयो अहिलेको जयवायु परिवर्तन भइरहेको छ । त्यसैले किसानहरुले पनि जयवायु परिर्वतन संगसंगै खेति गर्ने कार्य समेत परिवर्तन गदै जानु पर्ने जरुरी छ । किसानलाई अधुनिक प्रबिधि यस. आर. आई. पद्धती वाट धान रोप्ने वारे जानकारी गराउनु जरुरीछ । किसानलाई कम पानिमा समेत राम्रो धान उत्पादन हुन्छ भन्ने सिकाउनु जरुरी छ । किसानहरुले मनसुन आउनु भन्दा पहिला नै धान को विउ छर्ने तथा रोप्ने गर्ने गरेको धान को विउ रोप्ने वेला मनसुनको उपस्थीति छैन भने धान विग्रने तथा उत्पानमा कमि आउने हुन्छ त्यसैले मनसुन सुरु भएपछि मात्र धान रोप्ने गर्नु पर्दछ । धानको बेर्ना ८ देखी १२ दिन पछि रोप्न सकिन्छ ।

अहिले किसानहरु रसायनिक मलको वढि प्रयोग गर्ने गरेको धान गहुको सिजनमा मलको अभाव वढिहुने गरेको पाइन्छ त्यको सट्टामा हरियो मल ,कम्पोस्ट मल , जैविक मलको प्रयोग बढाउनु जरुरी देखीन्छ र रसायनिक मलको प्रयोग कम गर्नु पर्दछ । जस्ले गर्दा माटोमा उर्वरा शक्तिको बिकास हुन्छ र कम जमिनमा वढि उत्पादन हुन्छ बरिष्ठ कृषि प्रशार अधिकृत राम चन्द्र भट्टले वताउनु भयो । सार्थै इन्देण्ी कृषि सहकारी संस्थाको धान दिवस कार्यक्रमा लिटिल वद्ध एकेडेमी महेन्द्रनगरले किसानको लागी ३० थान टि सर्ट उपलब्ध गराई सहयोग गरेको थियो ।







