कञ्चनपुर, : कृष्णपुर नगरपालिकाका आर्थिक रुपमा अति विपन्न दलित, मुक्त हलिया, मुक्त कमैंया परिवारलाई अनुदानमा बाख्रा वितरण गरिएको छ । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरको समन्वयमा नगरपालिकाको दलित लक्षित मागमा आधारित कार्यक्रम अन्र्तगत दलित, मुक्त हलिया, मुक्त कमैंया परिवारका ४० जनालाई एक एक वटाको दरले बाख्रा वितरण गरिएको छ ।

सो कार्यक्रम अन्र्तगत बाख्रा खरिदका लागि रु छ लाख रकम परिचालन गरिएको छ । आर्थिक रुपमा विपन्न दलित, मुक्त हलिया, मुक्त कमैंया परिवारको आर्थिक अबस्थामा सुधार ल्याउनका लागि अनुदानमा बाख्रा वितरण गरिएको समाजका अध्यक्ष शिवी लुहारले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाको नौ वटा वडाका अति विपन्नको सूचिमा रहेका दलित २० वडा नं ४ र ५ का मुक्त कमैंया १० परिवार र पाँच वटा वडाका मुक्त हलिया १० परिवारलाई बाख्रा वितरणको कार्य गरिएको छ ।

खुसि हुदै मंगल लुहारले बाख्रापालनको कार्य गरी आत्मनिर्भर बन्नका लागि सहज भएको बताउनु भयो । “एक बाख्राबाट धेरै बाख्रा बनाएर व्यवसायीक रुपमा कार्य गर्ने सोच छ” उहाँले भन्नुभयो, “खोर निर्माणका लागि कतैबाट सहयोग पाईए व्यवसायीक कार्यलाई अगाडी बढाउन सकिन्थ्यो ।”







