भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा नगरका युवा, युवतीलाई कपाल काट्ने तालिम


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरका युवा,युवतीलाई कपाल काट्ने तालिम दिईएको छ । भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा नेपाल नाई संघ कञ्चनपुरले भीमदत्त नगरका युवा,युवतीलाई कपाल काट्ने तालिम दिन लागेको हो ।

नेपाल नाई संघ कञ्चनपुरका अध्यक्ष एव मुख्य प्रशिक्षक राम सोगारथ ठाकुरले नगरपालिकाको आर्थिक सहयोगमा तालिम संचालन गरिएको बताए । उनका अनुसार ८ महिला र १२ पुरुष रहेका छन । उनीहरुलाई विभिन्न मास भएका क्षेत्रमा लगेर प्रशिक्षण दिन लागिएको छ ।

बुधबार भीमदत्त नगरका उपप्रमुख निलम लेखकले तालिमको अनुगमन गर्दै सिकेका विषयबस्तु व्यवहारिक रुपमा कार्यान्वयनमा जोडदिईन । उपप्रमुख लेखकले भीनपा १८ मा झोला बनाउने तालिम सहितको अनुगमन गरेको उनको सचिवालयले जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img