राजेन्द्रप्रसाद पनेरु / झलारी : ‘सीप सिकौं आत्मनिर्भर बनौं’ भन्ने नारा सहित शुक्लाफाँटा नगरपालिका ५ मा सञ्चालित एक हप्ते दुनापटरी बनाउने तालिम आज समापन गरिएको छ । वडा कार्यालयको सहयोगमा सञ्चालित तालिमको समापन समारोहको सभापतित्व तालिम संयोजक तथा वडा सदस्य दीपा कुवँरले गर्नु भएको छ । तालिमको प्रमुख अतिथिमा वडा अध्यक्ष चक्र बहादुर खड्का रहनु भएको छ । तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्काले वडाका आर्थिक रुपमा विपन्न परिवारको जीवनस्तर माथि उठाउनका लागि सीपमूलक कार्यक्रम प्रभावकारी देखिएको बताउनु भयो ।
सीपमुलक कार्यक्रम सञ्चालन गरी विपन्न परिवार, महिला, दलित, जनजाती, युवालाई स्वरोजगारमा संलग्न गराउने योजना छ उहाँले भन्नुभयो, त्यसका लागि वडाको बजेटले भ्याउने गरी मागका आधारमा तालिम सञ्चालन गर्न प्रतिवद्ध रहेको छु ।
सीपमुलक कार्यक्रम सञ्चालन गरी विपन्न परिवार, महिला, दलित, जनजाती, युवालाई स्वरोजगारमा संलग्न गराउने योजना छ उहाँले भन्नुभयो, त्यसका लागि वडाको बजेटले भ्याउने गरी मागका आधारमा तालिम सञ्चालन गर्न प्रतिवद्ध रहेको छु ।
तालिममा समावेश गर्नका लागि धेरैको माग रहने गरेको चर्चा गर्नु हुदै उहाँले पहिलो चरणमा सञ्चालन गरिएका तालिममा थोरै जनालाई मात्रै समावेश गर्न सकिएको बताउनु भयो । मागभै आएका थप तालिम सञ्चालन गरी सबैलाई समेटेर रोजगार उन्मुख गराईने उहाँको भनाई रहेको छ । दुनाटपरी तालिममा सहभागी महिलाहरुले उद्यम गर्न चाहेमा मेसिनको व्यवस्था मिलाईने उहाँले उल्लेख गर्नु भयो । उद्यम गरेको हुनु पर्छ उहाँले भन्नुभयो, त्यसको अनुगमन गरी आवश्यक भए मेसिन उपलव्ध गराउ छौं । तालिमका सहभागी सुशिला भण्डारीले एक हप्तामै दुनापटरी बनाउने कार्यमा निपूण भएको बताउनु भयो । मेसिनको व्यवस्था भए उद्यम गरी गतिलो आम्दानी गर्न सकिन्छ उहँले भन्नुभयो, नाती नतिना खेलाउदै गर्दा पनि दुनाटपरी बनाउन सकिने भएकाले यसबाट आम्दानी लिन सक्छौं । तालिमका प्रशिक्षक हिरा घर्तीमगरले हिन्दु संस्कार अनुसार जन्मीदा देखि मर्दा सम्म दुनापटरीकै खाँचो पर्ने गरेको कुरा अघि सार्दै सानो कुरा सम्झेर धेरैले यो कार्य गर्न हिचकिचाउछन, यसबाट सोचेको भन्दा बढी आम्दानी लिन सकिने बताउनु भयो ।
मैले घरमै दुनापटरीको उद्योग सञ्चालन गरेर वर्षमा रु दुई लाख बढी आम्दानी गर्दै आएको उहाँले तालिमका सहभागीहरुलाई सुनाउनु भयो । नगरपालिकाको उद्यम शाखका संयोजक धन बहादुर चौधरीले दुनापटरीको व्यवसायबाट मनग्य आम्दानी लिन सकिने बताउनु भयो । बजारमा धेरै माग छ उहाँले भन्नुभयो, दुनाटपरी उत्पादन गर्न थाले व्यापारीले आफै आएर खरिद गरेर लैजान्छन । तालिम समापन समारोहका सभापती दीपा कुवँरले एक हप्ता सम्म सिकेको सीपको सदुपयोग गरी उद्यम बन्नका लागि प्रशिक्षार्थीहरुलाई भन्नु भयो । चुनावका बेला महिलाहरुलाई सीपमुलक तालिम दिन्छौ भनेर बाचा गरेका थियौं उहाले भन्नुभयो, त्यहि बाचा पुरा गर्न तालिम दिएका छौं, धेरै जना तालिम लिनबाट छुटेका छन उनीहरुलाई पनि अर्को तालिममा सहभागी गराई सक्षम बनाउछौं ।