कञ्चनपुर : कञ्चनपुरमा पनि विवित कार्यक्रम गरेर १२औँ अन्र्तराष्ट्रिय विश्व योगदिवस मनाईने भएको छ । पतन्जली योगपीठ कञ्चनपुरले जिल्लामा २१जुन ०२६अर्थात असार ७ गते विश्व योगदिवस मनाउन लागेको हो । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको अध्यक्षतामा बसेको बैठकले यस बर्ष ०८३मा भव्य रुपमा योगदिवस मनाईने निर्णय भएको छ ।

६असारमा गौरादेवी मन्दिरमा योगासन प्रतियोगिता गर्ने, ७ दिवस विवित कार्यक्तम गरेर मनाउने निर्णय भएको हो । योग प्रशिक्षक लवराज भट्टले योग गरौँ, स्वस्थय रहौँ सुखी रहौँ भन्ने मुल नाराका साथ मनाउन लागेको बताए । योगपार्क दशरथ चोकदेखि सिद्धनाथ मन्दिर सहितका जिल्लाभरी विवित स्थानमा कार्यक्रम गरेर मनाईने छ ।







