कञ्चनपुर : नेकपा एमाले कृष्णपुर नगरको अध्यक्षमा कुबेर खडका चयन भएका छन । एमाले कृष्णपुरको दोस्रो नगर अधिवेशनबाट खडका सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । एमाले कृष्णपुरका नेताहरुका अनुसार युवा नेता खडकाको अध्यक्षतमा नयाँ कार्य समिति विस्तार भएको छ ।

उपाध्यक्ष सुरेश विक, सचिव नरेश कार्की, उपसचिवद्वय पदम राना सुन्नरी देवी खडका चयन भएका छन । सोमबार पदभार तथा सपथ ग्रहण समेत गरिएको छ । जिल्ला खेलकुद समितिका अध्यक्ष समेत रहेका खडकाले पाटीलाई एकढिक्का देखि जनप्रिय बनाउँदै आगामी निर्वाचनमा विजय गराउने बताए ।

