कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका महिला सहकारी संस्थाका पदाधिकारीसंग अन्तरकृया गरिएको छ ।कृष्णपुर नगरपालिका महिला विकास शाखाले नगरका महिला सहकारीका पदाधिकारीसंग अन्तरकृया गरेको हो ।

महिला विकास शाखा प्रमुख महिला विकास निरीक्षक माला गौतमले महिला सहकारीका पदाधिकारीको क्षमता विकासका लागि अभिमुखिकरण गराईएको बताए । उनका अनुसार सुप प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका अधिकृत विनोद पन्तले प्रशिक्षण दिएका थिए ।







