अदालतले अन्तरिम आदेश जारी गरेको झा भवनमा भीमदत्त नगरको डोजर


कञ्चनपुर : अदालतले अन्तरिम आदेश जारी गरेको महेन्द्रनगरको एक भवनमा भीमदत्त नगरपालिकाले डोजर चलाएको छ । भीमदत्त नगरपालिकाले नगर विकास समितिको जमिनमा अवैध सरचना निर्माण गरेको भन्दै बिहीबार डोजर चलाएर आनशिक भत्काईदिएको हो । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर चम्मनचोक बसपार्क क्षेत्रमा सुधा झा संचालक रहेको सिद्ध विनायक किराना स्टोरमा पालिकाले डोजर चलाएको छ । झाले उच्च अदालत दिपायल महेन्द्रनगर दायर रिटमा उच्च अदालत नियमावली ०७३को नियम ४२(१) बमोजिम सिद्ध विनायक किराना स्टोर हाललाई नभत्काउनु नतोडनु तथा कुनैपनि क्षति नपु¥याउन भनि भीमदत्त नगरपालिका सहितका नाममा अन्तरिक आदेश जारी गरेको थियो ।
२८ जेठ ०८१ मा उच्च अदालतका न्यायाधिश दिनेश प्रशाद यादवको एकल इजलासले सुधा झाको भवन मुद्दा किनारा नलागुन्जेलसम्म नभत्काउन आदेश जारी गरेको हो ।

आदेश जारी भएको १५दिनभित्रै आफै वा प्रतिनिधी मार्फत अदालतमा लिखित जवाफ समेत माग गरेको थियो । २७ जेठ ०८१मा झाले भीमदत्त नगर विकास समिति, समितिका अध्यक्ष, सदस्य सचिव, भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालय कञ्चनपुर बिरुद्ध उच्च अदालतमा रिट दायर गरेकी थिईन । झाले १बैशाख ०७०मा नगर विकास समितिसंग भीमदत्त नगरपालिका ४नम्बर वडाको किता नम्बर ५३१०को ०–०–५क्षेत्रफल जमिन २० बर्षका लागि भाडामा लिएपनि ०९० सालसम्म सम्झौता बाँकी रहदा पनि उठाउन खोजिएको भन्दै मुद्दा दायर गरेकी थिईन । यस अघि सर्वोच्च अदालतले समेत नगर विकासकै जमिनमा बनेको पाठक ईण्डष्ट्रिजलाई समेत अल्पकालिन आदेश दिदै दुवै पक्षलाई आगामी ७असार ०८१मा उपस्थित हुन आदेश जारी गरेको छ । झा परिवारले अदालतको आदेश बिरुद्धमा घरमा डोजर लगाएर भत्काईदिएको गुनासो गरेपनि भीमदत्त नगरपालिकाले झाले अदालतमा दायर गरेको रिटमा उल्लेख भएको ५३१० नम्बर कित्ता नै नभएकाले उक्त अवैध संरचना भत्काएको जनाएको छ ।

भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले झाले अदालतबाट स्टे अडर भएपनि सो अनुरुप कित्ता नभएकाले उक्त भवन अवैध ठहर गरेरै भत्काउन शुरु गरेको बताए । ‘अदालतले सुधा झाको ५३१० नम्बर किताको मात्रै स्टे अडर दिएको छ, ‘उनले भने, ‘हामीले भत्काएको घर सो कित्तावाला नभई फरकै हो, यसमा हामीले अदालतको आदेश पालना नगरेको भन्न मिल्दैन ।’ नापी कार्यालयबाट उत्त कित्ता नम्बर एकिनका लागि पत्र पठाएपनि नापी कार्यालयबाट उक्त कित्ता नै नभेटिएको पत्र आएपछि मात्रै डोजर चलाएको प्रवक्ता अवस्थीले बताए । अदालतबाट आएको स्टे अडरवाला नै घर भत्काएको भन्दै केहीले पालिका केहीले झा परिवारका पक्षमा टिप्पण गरिरहेका छन । ‘भीमदत्त नगरपालिकाले अवैध सरचना भत्काउने काम कुनैपनि हालमा रोक्दैन, ‘उनले भने, ‘निरन्तर अघि बढ्छ, अवैध लिजमा बनेका सबै सरचना खाली हुन्छन ।’ नगरपालिकाले ५ जेठदेखि सरकारी जमिन अतिक्रमण गरेर बनाएका संरचना हटाउने शुरु गरेको थियो । नगर प्रवक्ता समेत रहेका भीनपा ५ का वडाध्यक्ष पदराज अवस्थी, ४ का वडाध्यक्ष शुनिल भट्ट अतिक्रमण हटाउने अभियानमा डोजर लगेर अग्रमोर्चामा खटिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img