कृष्णपुरमा युवा स्वरोजगारका लागी बैन्ड बाजा वितरण


कृष्णपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रविधि हस्तान्तरण तथा युवा स्वरोजगारका लागी बैन्ड बाजा वितरण गरेको छ । युवाहरूलाई स्वरोजगार बनाउन तथा प्रविधिको बढ्दो प्रयोग सँगै प्रविधि हस्तान्तरणका लागी नगरभित्र रहेका बैन्ड बाजा समुहलाई बैन्ड बाजा वितरण गरेको हो ।

बिहिबार नगर प्रमुख हेमराज ओझा र उप प्रमुख द्रोपती रानाले नगरभित्र रहेका विभिन्न तिन वटा बैन्ड समुहलाई बैन्ड बाजा वितरण गरेका हुन् । बिहेको सिजनमा बैन्ड बाजाको बढ्दो प्रयोगसँगै भारतमा गएर समेत बाजा गाँजा ल्याउनु पर्ने र महँगो शुल्क समेत तिर्नु पर्ने भएका कारण नगरभित्र रहेका विभिन्न तिन वटा बैण्ड समुहलाई बैन्ड बाजा वितरण गरेको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बताएका छन ।

साथै उनले नेपाल सरकारको सशर्त अनुदान अन्तर्गत एक लाख पचास हजार बराबरका बाजा हस्तान्तरण गरिएको बताएका छन् । नगरपालिकाद्वारा बैण्डबाजा वितरण पछि स्थानीय युवाहरू हर्षित भएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img