पैंचालिस दिने झोला बनाउने तालिम समापन


झलारी : व्यवसायीक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगर र शुक्लाफाँटा नगरपालिका वडा नं ५ को संयुक्त सहकार्यमा सञ्चालन गरिएको ४५ दिने झोला बनाउने तालिम बुधवार समापन गरिएको छ । वडा अध्यक्ष चक्र बहादुर खड्काको सभापतित्वमा आयोजना गरिएको तालिम समापन कार्यक्रमको प्रमुख अतिथिमा नगर उप प्रमुख कल्पना पन्त हुनु भएको थियो । कार्यक्रमका अतिथिमा वडा सदस्य दिपा देवी कुवँर,तालिम केन्द्रका प्रतिनिधि शिवराज भट्ट प्रशिक्षक हेमा भट्ट, धर्मानन्द भट्ट र तालिमका प्रशिक्षार्थी, सञ्चारकर्मी लगायतको सभागीता रहेको थियो । तालिम समापन कार्यक्रममा बोल्नु हुदै नगर उप प्रमुख पन्तले नगर उप प्रमुख कल्पना पन्तले स्थानिय स्तरमै पाईने अल्लो, उन, सुती, लगायतको कपडाको प्रयोग गरी तालिममा सहभागी भएर सीप सिकेका महिलाहरुले विभिन्न प्रकारका झोलाहरु बनाई बजारमा बेचेर राम्रो आम्दानी गर्न सक्ने बताउनु भयो ।

“स्थानिय बस्तुको माग बढ्दो रुपमा रहेको छ” उहाँले भन्नुभयो, सहजै बिक्री हुन्छ, यस्तो व्यवसाय गरे गतिलो आम्दानी गर्न सकिन्छ ।” थोरै समयमा महिलाहरुले निकै राम्रो सीप सिकेको उल्लेख गर्नु हुदै उहाँले पूजिँ नभएर व्यवसाय गर्न नसक्नेहरुको वित्तिय संस्थामा पहुँच पुरयाउनका लागि सहयोग गर्न तत्पर रहेको बताउनु भयो । वडा अध्यक्ष चक्र बहादुर खड्काले तालिममा सिकेको सीपलाई व्यवहारामा उतारेर व्यवसायमा संलग्न हुने महिलालाई वडाका तर्फबाट आवश्यक पर्ने थप सीप र प्रविधि हस्तान्तरण गरिने बताउनु भयो । “तालिम लिएका महिलाहरु व्यवसायमा संलग्न भएकै हुनु पर्छ” उहाँले भन्नुभयो,“वडाबाट अनुगमन गर्छौं, व्यवसाय गर्नेलाई प्रोत्साहित गर्नका लागि आगामी आवमा आवश्यक बजेटको व्यवस्था मिलाउछौं ।”

तालिममा स्कुले विद्यार्थीका लागि आवश्यक पर्ने झोला, महिलाहरुले बोक्ने परम्परागत देखि आधुनिक झोला, युवाहरुले बोक्ने वहुउपयोगी झोला बनाउन महिलाहरुले तालिममा लिएका छन । झोलाको कपडा छनौट गर्ने, कटिङ गर्ने, सिलाई गर्ने र डिजायन तयार गर्ने सम्मको सीप महिलाहरुलाई सिकाईएको तालिम केन्द्रका प्रतिनिधि शिवराज भट्टले बताउनु भयो । तालिममा सहभागी महिलाहरुले झोला बनाउने तालिमबाट सिकेको सीपलाई व्यवहारमा उत्तार्दै व्यवसायीक बन्ने सोच अघि सारेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img