कञ्चनपुर: कञ्चनपुरको महाकाली र जगबुढा नदीबाट अवैध उत्खनन् गरेर नदीजन्य पदार्थ ओसार्ने तीन सवारी साधनमाथि नगरपालिकाले कार्बाही गरेको छ । महाकाली र जगबुढा नदीबाट अवैध रुपमा उत्खनन् गरेर नदीजन्य पदार्थ ओसार्ने तीन सवारी साधनमाथि दोधराचाँदनी नगरपालिकाले कार्बाही गरेको हो । दोधाराचाँदनी नगरका सुचना अधिकारी डम्बरध्वज अवस्थीले गैर कानुनी रुपमा राजस्व छलेर ढुङ्गा,बालुवा ढुवानी गरिरहेका दुई टेक्टर र एक टिप्परमाथि कार्बाही गरिएको बताए ।
सुचना अधिकारी अवस्थीले से१त ८४४४,म१त ९७६नम्बरको टेक्टर र सुपप्र ००१००१क५६८नम्बरको टिप्परले अवैध रुपमा बालुवा, गिटट्टी र ढुङ्गगा उत्खनन् गरेर ल्याएपछि प्रहरीले नियन्त्रणमा ल्याएका सवारी साधनका संचालकमाथि कार्बाही गरिएको बताए । उनका अनुसार सोमबार राती साढे ८ बजेतिर अवैध रुपमा ढुवानी गरिरहेका सवारी साधन प्रहरीले नियनत्रणमा लिएर नगरपालिका बुझाएको बताए । पहिलो पटक प्रति सवारी साधन २५ हजारका दरले जरिवाना गरेर छाडिएको बताए । ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज होम प्रकास चौधरीले नियन्त्रणमा लिएका तीनै सवारी साधनमाथि कार्बाहीका लागि नगरपालिकालाई पत्र पठाएका थिए ।
दोधाराचाँदनी नगरका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले कसैले पनि गैर कानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन् एव ढुवानी गर्न नहुने बताए । प्रमुख प्रशासकीय अधिकृत मिश्रले कानुन भन्दा तलमाथि गएर नदीजन्य पदार्थ उत्खनन् गर्न नहुने भनाई छ । टेक्टर, टिप्परका व्यवसायीहरुले आफुहरुले राजस्व नछलेको र गैर कानुनी नभई प्रहरीलाई राजस्व काटेको पर्ची देखाउँदा देखाउँदै नियन्त्रणमा लिएको गुनासो पोखेका छन । टेक्टर फसेकाले राती भएको उनीहरुको भनाई थियो ।
