विप्लव कञ्चनपुरको जिल्ला पाटी कार्यालय उद्घाटन

कञ्चनपुर :”नेपाल कम्युनिष्ट पाटी (नेकपा विप्लव)कञ्चनपुरको पाटी कार्यालय उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका महेन्द्रनगरमा विप्लव कञ्चनपुरको जिल्ला पाटी कार्यालय उद्घाटन गरिएको हो ।

नेकपा विप्लवका स्थायी कमिटि सदस्य तथा सुप प्रदेश इन्चार्ज भरत सीले पाटी कार्यालय संचालनमा आएसंगै जनताका समस्या बुझ्दै समाधानका लागि पहल गर्नुपर्ने निर्देशन दिएका छन । पाटी कार्यालयबाट पाटीका कामकाजदेखि जनताका समस्या, विकृती बिरुद्धमा संघर्ष गर्नुपर्ने बताए ।

नेकपा कञ्चनपुर इन्चार्ज विष्णू प्रकास उपाध्याय(बिराट)ले पाटी कार्यालय संचालनमा आएपछि पाटीका कामकाजदेखि जनताका समस्या बुझ्दै समाधानदेखि कार्य सम्पादनमा सहजता आउने बताए । उद्घाटन कार्यक्रममा नेकपा कञ्चनपुरका जिल्ला नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो

ताजा समाचार