घटाल माविका शिक्षक धानुकलाई खेलकुद संयोजकको जिम्मेबारी

कञ्चनपुर: कञ्चनपुर बेदकोट नगरको एक सामुदायिक विद्यालयले शिक्षकलाई खेलकुद संयोजकको जिम्मेबारी तोकेको छ । बेदकोट नगरपालिका ७सुडामा रहेको घटाल माध्यामिक विद्यालयले शिक्षक गणेश धानुकलाई खेलकुद संयोजकको जिम्मेबारी तोकेको हो ।

अग्रेजी विषयका शिक्षक धानुकलाई प्रविधी तथा खेलकुद संयोजक पदको जिम्मेबारी दिएको छ । २५जेठ ०८१ विद्यालय व्यवस्थापन समितिको निर्णय अनुरुप शिक्षक धानुकलाई प्रविधि तथा खेलकुद संयोजकको जिम्मेबारी दिएको प्रद्यानाध्यापक कृष्ण बहादुर भण्डारीले जनाएका छन ।

बैजनाथ मावि जडेपानीबाट सरुवा भए घटाल मावि आएका शिक्षक धानुक खेलाडी सहित खेलकुद क्षेत्रका अनुभवी हुन । शिक्षक धानुकले विद्यालयले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन ।

ताजा समाचार