कुतियाकवरमा डुवान र कटान रोक्न जैविक तटबन्ध निर्माण गरिदै

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका– १० कुतियावकर बस्तीलाई जोगाउन जैविक तटबन्ध निमार्ण कार्य सुरु गरिएको छ् । महाकाली र जगबुढा नदीले वर्षायाममा कटानी तथा डुवान गर्ने भएको हुदा कञ्चनपुरको सीमावर्ती बस्ती कुतियाकबरमा जैविक तटबन्ध निर्माण गरिएको हो । दोधारा चाँदनी नगरपालिका कार्यपालिकाले बिनियोजन गरेको रकम रु. ३ लाखले निमार्ण कार्य अघि बढाईएको हो ।

एक उपभोक्ता समिति गठन गरि जैविक तटबन्ध निमार्ण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका शाखा प्रमुख रघुनाथ भट्टले जानकारी दिएका छन् । शाखा प्रमुख रघुनाथ भट्टका अनुसार दोधारा चाँदनी नगरपालिका क्षेत्रमा विपद्को क्षेत्रमा क्रियाशिल संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल कञ्चनपुरले समेत सघाउने गरि जैविक तटबन्ध निमार्ण गरिने छ् ।

कुतियावकर बस्ती क्षेत्रमा विपद्को उच्च जोखिम रहेको स्थानमा जैविक तटबन्ध निर्माण शुरु गरिएको बताईएको छ् । ऐन बहादुर सुनारको संयोजकत्वमा उपभोक्त समिति गठन गरि निमार्ण कार्य अघि बढाईएको हो । ‘हाम्रो यहाँ कटानी तथा डुवान हुने सम्भावित स्थानमा जैविक तटबन्धका लागि पालिकाले रु. ३ लाख र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल कञ्चनपुरले बजेट दिने प्रतिबद्धता जाहेर गरे अनुसार जैविक तटबन्ध काम सुरु गरिएको छ्’ ऐन बहादुर सुनारले भने । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल कञ्चनपुरले जैविक तटबन्धको लागी कति रकम दिने भन्ने बिषयमा एकिन नभएको र नगरपालिका कार्यालयको रु. ३ लाख रकमले निमार्ण कार्य संचालन गरिएको ऐन बहादुर सुनारले बताए ।

महाकाली नदी र जगबुडा नदीको निशानामा रहेको कुतियावकर बस्ती तटबन्ध नभएका कारण बर्सेनि दर्जनौ स्थानियहरु ज्यान जोगाउदै सडक र सुरक्षित स्थलमा बस्ने गर्दैै आएका छन् । महाकाली नदीको अत्यन्तै जोखिममा रहेका नैन सिंह सुनार, तुल बहादुर सुनार, कर बहादुर सुनार, खेम बहादुर सुनार र बम बहादुर सुनारका घरहरु रहेका छन् । कुतियाकवर सीमा बस्ती करिब ५० बिघा क्षेत्रफलमा फैलिएको छ् । ‘दुवै तर्फ कटान हुदा बर्सेनि बस्ती सााघुरिदै गएको छ ।’ स्थानियबासी टेक बहादुर सुनारले भने– ‘हिजो आज पनि बस्तीको पश्चिम तर्फ महाकाली नदीको उच्च जोखिममा रहेका छ् । ‘अस्थायी तटबन्धले कटान न्यूनीकरण हुन्छ की भन्ने आशा हो,’ उनले भने, ‘वर्षामा हरेक वर्ष कुतियाकवर डुबानको चपेटामा पनि पर्छ ।’

दातृ निकाय नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल कञ्चनपुर र दोधारा चाँदनी नगरपालिकाको सहयोगमा कुतियाकवरमा ‘सेफ हाउस’ निर्माण कार्य अन्तिम चरणमा छ् भने विपद् व्यवस्थापन समितिलाई लाइफ ज्याकेट, बोट लगाएत उद्धार सामग्री समेत उपलब्ध गराईएको समितिका अध्यक्ष सुनारको भनाइ थियो । यस्तै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) विपद् पुर्व तयारी प्रतिकार्यका लागी महाकाली नदीमा पानीको सतह मापन यन्त्र, ओंमकार आधारभुत बिद्यालयमा स्मार्ट सायरन लगाएत यन्त्रहरु जडान गरेको छ् ।

‘बाढी आउदा हुने क्षति कम गर्न र तत्काल उद्धार तथा व्यवस्थापनमा स्थानि प्रशासन सक्रिय भए पनि दीर्घकालीन रुपमा बस्ती जोगाउने गरी योजना बनाउन खासै पहल नभएको स्थानियहरुको गुनासो रहदै आएको छ् ।

ताजा समाचार